पर्यटकलाई स्वागत गर्दै लुम्बिनीमा मनाइयो पर्यटन दिवस
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आज पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले पर्यटकलाई खादा र नेपाली ढाकाटोपी लगाइ स्वागत गरेका हुन् ।
जापानी नागरिक युकु शान, भारतीय विद्या बाग्दी र सुनिल बाग्दीलाई स्वागत गरिएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका पर्यटनमन्त्री न्यौपानेले लुम्बिनी देशकै गौरव भएकाले यसको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकार साथमा रहने बताए । उनले लुम्बिनी विकास कोषसँग मिलेर अगाडि बढ्नेगरी योजना बनाउने जानकारी दिए ।
यस्तै कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले तीन सय ६५ दिन नै पर्यटकलाई स्वागत सत्कार गर्ने वातावरण बनाउनुपर्ने बताए। उनले विदेशीसँगै स्वदेशी पर्यटकलाई समेत लुम्बिनी स्वागत गर्दै यसको प्रवर्द्धनमा सबै एकजुट भएर लाग्न आग्रह गरे।
पर्यटन दिवस कार्यक्रममा लुम्बिनी होटल सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले लुम्बिनीको पर्यटनबाट देशलाई नै समृद्ध बनाउन सकिने बताए । उनले पर्यटन दिवससँगै लुम्बिनीमा पर्यटनको आवागमन वृद्धि गर्ने कार्ययोजना ल्याउन पर्यटनमन्त्रीसँग आग्रह गरे ।
‘पर्यटन र शान्ति’ भन्ने नारासहित मनाइएको पर्यटन दिवसमा लुम्बिनीमा भने यात्रा, अध्यात्म र चिन्तनमार्फत शान्तिको प्रवर्द्धन गरौँ नारा तय गरी मनाइएको कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा.हरिध्वज राईले बताए ।
लुम्बिनीमा स्वागत गरिएका पर्यटकलाई लुम्बिनी होटल सङ्घ नेपालले तिलौराकोट, रामग्रामलगायत क्षेत्रमा एक दिन भ्रमण र बासको व्यवस्था गरेको अध्यक्ष गोविन्द ज्ञवालीले जानकारी दिए । उक्त कोषको आयोजनामा भएको कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी होटल एशोसिएसन, लुम्बिनी पर्यटन व्यवसायी सङ्घ, महामाया रिक्सा चालक सङ्घ, लुम्बिनी स्थानीय पथप्रदर्शक सङ्घ, लुम्बिनी अन्तर्राष्ट्रिय विहारहरूको सहभागिता रहेको थियो ।
लुम्बिनीमा सन् २०२४ को अगस्ट महिनासम्म आन्तरिक र बाह्य गरी छ लाख १२ हजार चार सय ७७ जना पर्यटकले भ्रमण गरेका छन् । अघिल्लो वर्ष करिब १० लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । यस वर्षको याममा सुरु भएकाले पर्यटक सङ्ख्या बढ्ने अनुमान गरिएको छ । प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।
Comments
अरु समाचार
-
सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस
काठमाडौं । आज बसेको न्याय परिषदको बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका छ मध्ये दुई सिटमा न्यायाधिश सिफारिस गरेको छ...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली,
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले शुक्रबार बिहानदेखि...
-
पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
काठमाडौं । निरन्तरको वर्षाद्ले राप्ती लोकमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि उक्त लोकमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक...
-
ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै
काठमाडौं । पितृतर्पण एवं श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा परिचित ललितपुर महानगरपालिका–५ मा अवस्थित प्राचीन तपुपोखरीको जीर्णोद्धार प्रारम्भ भएको...
-
बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान...
-
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो...
-
कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?
काठमाडौँ, ११ असोजः जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च...
-
‘नेपाल-चीनको सम्बन्ध उचाइमा पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण ‘
काठमाडौं, असोज १० । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल-चीन सरकार र जनताबिचकोे सम्बन्धलाई उचाइमा पुर्याउन दुवै मुलुकका...