ताजा समाचार

सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस

 

काठमाडौं । आज बसेको न्याय परिषदको बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका छ मध्ये दुई सिटमा न्यायाधिश सिफारिस गरेको छ । सिफारिस हुने न्यायाधिशहरुमा उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डे रहेका छन् ।

सिफारिस भएका दुवै न्यायाधीश काविल,योग्य,क्षमतावान,उच्च नैतिकता र स्वच्छ छवीका रहेको न्यायपरिषद स्रोतले जिकिर गरेको छ । सर्वोच्चमा रिक्त रहेका अन्य चार न्यायधिशहरुको सिफारिस भने प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश भएपछि बस्ने न्यायपरिषद बैठकले सिफारिस गर्ने भएको छ।

यसअघिको सर्वोच्च अदालतको न्यायाधीश सिफारिसमा वरिष्ठ मुख्य न्यायाधीश हुँदाहुँदै पनि तात्कालिक कानुन,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ र सर्वोच्च अदालतका तात्कालिक वरिष्ठ न्यायाधीश ईश्वर खतिवडाले टेक बहादुर ढुंगाना जस्ता जुनियरहरूलाई लाखौ घुस खाएर सिफारिस गरेको तथ्य बाहिरिएको छ ।

गुरूङले ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थालाई न्यायाधीश नियुक्ति सिफारिसको ७ दिन अगाडि ८२ लाख ऋण तिरेबाट पनि पुष्टि भएको हो। आजैको न्यायपरिषद बैठकले उच्च अदालतका दुई मुख्य न्यायाधीश सहित केही न्यायाधीशको पनि नियुक्ति र सरूवा गरेको बुझिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org