धरानमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
काठमाडौं । धरानमा पहिलो पटक राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । धरान ब्याडमिन्टन क्लबले आज पत्रकार सम्मेलन आयोजना गरी यही असोजको १७ गते देखि १९ गते तीन दिनसम्म ब्याडमिन्टन प्रतियोगिता हुने जानकारी दिएको हो ।
आयोजक समितिका संयोजक टङ्कबहादुर लिम्बूका अनुसार प्रतियोगितामा ७७ वटै जिल्लाका दुई सय टिमका छ सय खेलाडी सहभागी हुनेछन् । सुरक्षा निकायका तीन वटा विभागीय टोलीसमेत सहभागी हुने उनले बताए । उनले भने, “खेलको माध्यमबाट आपसी भाइचारा, सद्भाव वृद्धि, साथै धरानको खेल र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो ।” यस्ता प्रतियोगिता हुन नसक्दा युवा प्रतिभा पलायन भई सक्षम खेलाडी उत्पादनमा कमी आएको उनको भनाइ छ ।
प्रतियोगितामा खुल्ला पुरुष डबलतर्फका विजयी जोडीलाई रु एक लाख १५ हजार नगद पुरस्कार, उप विजेताले रु ५५ हजार र तेस्रो हुने जोडीले रु ३० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । खुल्ला ‘भेट्रान्स’ ४५ ‘प्लस’, ‘सुपर’ भेट्रान्स ५५ प्लस र ‘लेडिज डबल्स’, ‘मिक्स डबल्स’का विजेताले रु ६५ हजार, उपविजेताले रु ३३ हजार र तेस्रो हुनेले रु ११–११ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक लिम्बूले बताए ।
प्रतियोगितामा राष्ट्रिय ‘रेफ्री’ तथा प्रशिक्षक केदार धिमाल प्रमुख निर्णायक रहने बताइएको छ । टिम दर्ता शुल्क खुल्ला मेन्स डबल, भेट्रान ४५ प्लस, सुपर भेट्रान ५५ प्लसका प्रतियोगीका लागि रु तीन हजार, मिक्स डबलका लागि रु दुई हजार पाँच सय र खुल्ला लेडिज डबलका प्रतियोगीका लागि रु दुई हजार निर्धारण गरिएको धरान ब्याडमिन्टन सङ्घले जनाएको छ ।
खेल प्रतियोगिता धरान उपमहानगरपालिका–१३ अमर सेवा समाजको कभर्ड हलमा हुने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनमा रु २२ लाखभन्दा बढी खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगितामा कोशी प्रदेश खेलकुद परिषदले रु आठ लाख, धरान उपमहानगरपालिकाले रु एक लाख ५० हजार, विभिन्न वित्तीय सङ्घसंस्था र प्रायोजकबाट रकम सङ्कलन गरिएको आयोजकले जनाएको छ ।
Comments
अरु समाचार
-
नेपाल र वेस्ट इन्डिजबीच टी २० आई सिरिज (खेल तालिका सहित)
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली र वेस्ट इन्डिजबिचको ऐतिहासिक टी–२० शृंखला खेल्ने घोषणा गरेसँगै आम नेपाली क्रिकेट...
-
गुल्शन र सोमपालले टी-२० सिरिज पनि गुमाउने
काठमाडौं । नेपाली क्रिकेट टीमका महत्वपूर्ण दुई सदस्य सोमपाल कामी र गुल्शन झाले आज नेदरल्यान्ड्स विरुद्धको म्याचका साथै आगामी त्रिकोणात्मक...
-
नेदल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने, सोमपाल र गुल्शन चोटग्रस्त बन्दा नेपाललाई झट्का
काठमाडौं । नेदरल्यान्ड्सले विश्वकप क्रिकेट लिग–२ मा नेपालविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्डसले डन्डीको फोर्टहिलमा...
-
आइसीसी क्रिकेट विश्वकप लिग-२: आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदै
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत चौथो श्रृङ्खलाको अन्तिम खेल आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल...
-
स्पेनलाई हराउँदै नेसन्स लिगको उपाधि पोर्चुगललाई !
काठमाडौं । पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार मध्यराति भएको फाइनलमा स्पेनलाई टाइब्रेकरमा हराउँदै पोर्चुगलले दोस्रोपटक...
-
आईसीसी लिग–२: स्कटल्याण्डले नेपाललाई २ रनले हरायो
काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँगको खेलमा नेपाल दुई रनले पराजित भएको छ । स्कटल्यान्डले दिएको...
-
स्कटल्यान्डविरुद्ध नेपालले पहिला बलिङ गर्ने !
काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज आइतबार आयोजक स्कटल्याण्डसँगको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने...
-
स्कटल्याण्डसँग पछिल्ला ५ खेलमा अपराजित नेपाल, आज उच्च मनाेवलकासाथ मैदानमा उत्रने !
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेटमा नेपाल र स्कटल्याण्ड चिरपरिचित प्रतिद्धन्दी हुन् । युरोपली मुलुक स्कटल्याण्ड र नेपालले हालसम्म नौं वटा अन्तराष्ट्रिय...
-
विश्वकप क्रिकेट लिग–२ः नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दै
काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय शृंखलाको तेस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । जारी...