ताजा समाचार

पाथीभरा केबलकारमा सतप्रतिशत स्थानीयलाई रोजगारी दिइने छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ पाथीभरा केबलकारमा सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिने बताएका छन् । ताप्लेजुङ सरोकार केन्द्रले शुक्रवार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो कुरा बताएका हुन ।

उनले सङ्घर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केबलकारले शत प्रतिशत दिने प्रतिवद्धता जनाएका हुन । उनले सरकार र निजी क्षेत्रले अर्बौं रुपैयाँ खर्च गरेर वैदेशिक लगानीको लागि काम गरिरहेको अवस्थामा मुलुकभित्रकै निजी क्षेत्रले स्वदेशमा लगानी गर्ने नसक्ने वातावरण बनाउने काम गलत हुने बताए ।

अध्यक्ष ढकालले स्वदेशी लगानी पहिलो प्राथमिकतामा राख्न सके मात्रै पर्यटन प्रवर्द्धनसँगै आर्थिक विकास हुने धारणा राखे । उनले पाथीभरामा केबलकार निर्माण आफ्नो व्यक्तिगत फाइदाको लागिभन्दा पनि समग्र ताप्लेजुङ र मुलुकको पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनाको लागि काम गरिरहेको बताए । उनले स्थानीयहरुलाई केबलकारले दिने सेवासुविधा सबै दिन तयार रहेको जानकारी दिए । एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केबलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा रहेको ढकालको भनाइ छ । उनले पाथीभरा केबलकार निर्माणको लागि सबै प्रक्रिया पूरा भएको भन्दै रूखहरू काट्ने प्रक्रिया सकिएको समेत जानकारी दिएका छन् ।

अध्यक्ष ढकालले केबलकार निर्माण गर्ने काम सुरु भएको १५ महिना भित्र सम्पन्न गर्ने तयारी रहेको बताए । उनले पाथीभरा केबलकार बनाउने आयोजना आइएमई ग्रुप र चन्द्रप्रसाद ढकालको मात्रै नभएर पाथीभरा,ताप्लेजुङ ,कोसी प्रदेश र देशको पनि आयोजना भएकाले सबैको साथ सहयोगको अपेक्षा गरेको बताए । उनले पर्यटन पूर्वाधार निर्माण भयो भने मात्रै रोजगारी सिर्जना,व्यवसायी गतिविधि र राजश्व वृद्धि हुने भन्दै पाथीभरा केबलकार बनाउन सुरुवात गरेको बताए।

उनले यो आयोजना ताप्लेजुङको मात्रै नभएर समग्र मुलुकको पर्यटन प्रवर्द्धनमा केबलकारले ठुलो भुमिका निर्वाह गर्ने बताए । उनले फाइदा मात्रै भन्दा पनि पर्यटन विकासलाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org