मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन
काठमाडौं । मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वट विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणालीमा उडान अनुमति दिइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार चार सयभन्दा बढी उडान रद्द भएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक सय ५० देखि एक सय ६० उडान हुने गरेका छन् । सुर्खेत विमानस्थलबाहेक सबै विमानस्थलबाट उडान भइरहेको छ ।
यसअघि प्राधिकरणले प्रतिकूल मौसमका कारण शुक्रबार साँझ ७ः००बजेदेखि शनिबार दिउँसोसम्म सबै आन्तरिक उडान स्थगन गरेको थियो ।
Comments
अरु समाचार
-
रौतहटमा करेन्ट लागेर मृत्यु हुनेकाे संख्या २७ पुग्याे
काठमाडाैं । विद्युत् सुरक्षाको बेवास्ताले रौतहटमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । ज्यान गुमाउनेको संख्या बढेपछि रौतहट प्रहरी प्रशासनले...
-
संसदीय दलको नेताको हैसियत गुमाएका लामा भन्छन्, राजीनामा दिन्
काठमाडौं । बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।...
-
विधान संशोधनमा सुझाव दिन एमालेको आग्रह
काठमाडौं । नेकपा (एमाले)ले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमाथि आगामी भदौ १० गतेभित्र सुझाव दिन मातहतका कमिटीलाई आग्रह...
-
भैँसीको मासु प्रशोधनसम्बन्धी उद्योग स्थापना गर्न चिनियाँ कम्पनीलाई स्वीकृत
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्पनी छेन्दु जियान फुड कम्पनीलाई नेपालमा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न स्वीकृति...
-
न्यूयोर्क गोलीकाण्डमा प्रहरीसहित चार जनाको मृत्यु
काठमाडाैं । अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा सुरक्षामा खटिएका अफ-ड्युटी प्रहरीसहित चारजनाको मृत्यु भएको छ भने अन्य पाँचजना गम्भीर...
-
प्रधानमन्त्रीले रानीजमरा–कुलारिया सिँचाइ आयोजनाको उद्घाटन गर्ने
काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओली आज कैलाली भ्रमणमा जाँदै छन् । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको रानी जमरा कुलरिया सिँचाइ...
-
नाइजेरियामा ३८ जनाको अपहरण पछि सामुहिक हत्या
काठमाडौं । नाइजेरियाको उत्तरी जाम्फारा राज्यको एउटा गाउँबाट गत मार्चमा अपहरण गरिएका ३८ जनाको सामुहिक हत्या गरिएको छ । ब्यान्डिट्स...
-
नेपालमा बाघको संख्या ३५५ पुग्यो
काठमाडाैं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१०...
-
आज नागपञ्चमी पर्व मनाइँदै
काठमाडौं।नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका...