‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद उन्मुख समावेशी लोकतन्त्रको पनि रक्षा गर्नु रहेको बताएका छन् ।
आज जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमा गणतन्त्रको शुभकामना शन्देस दिँदै नेता श्रेष्ठले भनेका छन्,
‘ आज गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशी लोकतन्त्रको रक्षा गर्नु पनि हो भन्ने कुरामा स्पष्टता आवश्यकता छ ।’
त्यस्तै उनले वर्तमान समयमा गणतन्त्र विरोधी प्रतिगामी शक्तिहरुले ठाउको उठाउन खोजिरहेको पनि जिकिर गर्दै यस्तो परिस्थिति उत्पन्न हुनुमा नेपालका प्रमुख राजनीतिक पार्टीहरु, तिनका नेताहरु, मूलतः नेपाली कांग्रेस र नेकपा एमाले जस्ता पार्टीहरूको यथास्थितिबादी प्रवृत्ति जिम्मेवार रहेको आरोप समेत लगाए ।
उनले भनेका छन्,‘सुशासन र समृद्धिको आजको राष्ट्रिय आवश्यकताका बिरुद्ध मूलतः सरकार र सरकारमा रहेका पार्टीहरूको भ्रष्ट, अलोकतान्त्रिक, निरङ्कुश एवं कपटी काम ,आचरण ,कार्यशैलीको कारणबाट जनतामा असन्तुष्टी, आकोश र निराशा पैदा भइरहेको छ र त्यसमा टेकेर प्रतिगामी शक्तिहरूले आफ्ना गतिविधिहरु अघि बढाइरहेका छन् ।
राजनीतिक अस्थिरता र त्यसको कारणबाट उत्पन्न नीतिगत अस्थिरताले सकारात्मक कामले निरन्तरता प्राप्त गर्न नसक्दा राज्यका अन्य महत्वपूर्ण अंगहरु न्यायालय ,कर्मचारीतन्त्र ,अख्तियार ,विश्वविद्यालय सहितको शिक्षा क्षेत्रमा लोकतान्त्रिक रुपान्तरण र पुनसंरचना हुन नसकेको र राजनीतिक भागबन्डा एवं अति राजनीतिकरणको कारणबाट ती अंगहरुमा समेत चरम भ्रष्टाचार संस्थागत भई देश र जनताको पक्षमा अपेक्षित सकारात्मक परिणाम दिन नसकेको उनको भनाई छ ।
त्यसैले यथास्थितिवादलाई अन्त्य गरेर सुशासन र सामाजिक न्याय सहितको समृद्धि हाँसिल गर्दा नै प्रतिगमनको खतरालाई अन्त्य गर्न सकिने उनको भनाई छ । प्रतिगमन मुर्दाबाद को राजनीतिक नाराले मात्र प्रतिगमनका खतरालाई अन्त्य गर्न सकिन्न । प्रतिमालाई रोक्ने अचुक अस्त्र सुशासन र समृद्धि हो ।
त्यस्तै, श्रेष्ठले संविधान संशोधन र ठूलो सुधारको एजेण्डा लाई अभियानात्मक रुपमा अघि बढाउन र सम्पूर्ण देशभक्त शक्तिहरू एक भई राष्ट्रिय एकता बलियो बनाउँदै राष्ट्रिय सार्वभौमिकता ,भौगोलिक अखण्डता ,राष्ट्रिय स्वाधिनता एवं हितको रक्षा तथा सुदृढीकरण गर्न आह्वान पनि गरेका छन् ।
Comments
अरु समाचार
-
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा...
-
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
काठमाडाैं । चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको चार वर्षअघिको रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...
-
महानिर्देशक दाहालको इन्ट्रिपछि विभागको कार्यशैलीमा व्यापक सुधार, के हुँदैछ ?
काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागले पुरानो छवीलाई सुधार्दै नयाँ अध्याय शुरु गरेको छ । विभागको महानिर्देशकमा सुमन दाहाल आएपछि उनले...
-
सम्पत्ति शुद्विकरण अनुसन्धान विभाग युद्धस्तरमा, नौ महिनामा ८० अर्ब बिगो दाबीका १८ मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागको कार्यसम्पादनमा व्यापक वृद्धि भएको छ । स्थापनाको १४ वर्षमै पहिलो पटक विभागले धेरै उजुरी...
-
कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...
-
सांसदको भूमिका दल सापेक्ष नै हुन्छ : नेता भट्टराई
काठमाडौं, संसदमा विचाराधीन विधेयकमा सहमति खोज्ने भन्दै सत्तारूढ दलको संयन्त्रले राजनैतिक संशय पैदा गरेको छ। संघीय संसदका सदस्यहरूले विधेयकहरूमा खुला...
-
अर्थतन्त्र लयमा फर्कँदै छ, यही कार्यकालमा देशले समृद्धितर्फ फड्को मार्नेछः उपप्रधान एवं अर्थमन्त्री पौडेल
काठमाडौं । (नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री हुनुहुन्छ । कोरोना महामारी, रुस युक्रेन युद्ध आदिका...