ताजा समाचार

शुक्रबार गोरखाबाट छुटेको बस झ्याप्लेखोलाको पहिरोमा भेटियो

काठमाडौं । गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस त्रिभुवन राजपथको झ्याप्लेखोलामा पहिरोले पुरिएको अवस्थामा फेला परेको छ ।

यात्रुवाहक बस त्रिभुवन राजपथको झ्याप्लेखोला पहिरोभित्र भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

शुक्रवार बिहान ७ बजे गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस तीन दिनदेखि सम्पर्कविहीन भएको थियो ।

उक्त बसमा बसका धनी तथा चालक भीमसेन थापा गाउँपालिका ४ धावाका मदन परियार र चालक दलकै फुजेलका नवराज तिवारी र धावाकै विनय भट्टराई थिए ।

बसमा धार्चेका एक जना यात्रु सुक गुरुङ रहेको र अन्य यात्रु बिचबाट चढे नचढेको भने यकिन हुन सकेको छैन । बस निकाल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org