हिज्बुल्लाहका शीर्ष नेता हाशिम सफिद्दीन सम्पर्कविहीन
काठमाडौं । हिज्बुल्लाहका शीर्ष नेता हाशिम सफिद्दीन सम्पर्कविहीन भएको खबर बाहिरिएको छ।
शुक्रवार इजरायली सेनाले सफिद्दीनलाई लक्षित गरी गरेको आक्रमण पछि उनी सम्पर्कविहीन भएको हिजबुल्ला निकट स्रोतले जनाएको छ। बेरूतको दक्षिणी उपनगरमा शुक्रवार बिहान भएको हिंसात्मक आक्रमणपछि सफिद्दीनसँगको सम्पर्क टुटेको हिजबुल्लाहले बताएको छ। सफिद्दीन हिजबुल्लाहका केही शीर्ष कमान्डरसहित बैठकमा रहेको बेला इजरायलले आक्रमण गरेको थियो।
हिजबुल्लाहका एक नेताले एएफपीसँग भने, ‘उहाँ इजरायलले आक्रमणको निशाना बनाएको स्थलमा हुनुहुन्थ्यो वा हुनुहुन्नथ्यो र उहाँसँग अन्य को को थिए हामीलाई थाहा छैन।’ हिजबुल्लाहनिकट अन्य स्रोतले पनि सफिदीनसँग सम्पर्क टुटेको र उनी छन् भन्नेबारे थाहा नभएको पुष्टि गरेको छ।
दुवै स्रोतले संवेदनशील विषयमा छलफल गर्न नाम नखुलाउन आग्रह गरेका छन्। ‘लक्षित भूमिगत मुख्यालयमा पुग्ने प्रयास गरिरहेको छ, तर हरेक पटक इजरायलले उद्धार प्रयासलाई रोक्न फेरि आक्रमण गर्न थाल्छ,’ उक्त स्रोतले भनेको छ।
सफिद्दीन हज मुर्तदा भनिने हिजबुल्लाहको गुप्तचर प्रमुखसँग रहेको हिजबुल्लाह समूहले बताएको छ। हिजबुल्लाहनिकट स्रोतका अनुसार इजरायलले समूहको दक्षिणी बेरुत गढमा लगातार ११ वटा आक्रमण गरेको छ, जुन गत साता इजरायलले आफ्नो बमबारी अभियानलाई तीव्र बनाए यताको सबैभन्दा शक्तिशाली आक्रमण हो।
एएफपीको फुटेजमा आक्रमण भएको स्थानबाट आगोको ज्वाला र बाक्लो धुवाँको मुस्लो उठिरहेको देखिएको छ। इजरायली सेनाले बेरुतस्थित हिजबुल्लाहको गुप्तचर मुख्यालयमा आक्रमण गरेको जनाएको छ।
इजरायली सेनाले दक्षिण बेरुतमा रहेको हिज्बुल्लाहको मुख्यालयमा भएको हवाई आक्रमणमा हिज्बुल्लाहका नेता हसन नसरल्लाहको मृत्यु भएको बताएको एक हप्तापछि उक्त आक्रमण भएको हो।
Comments
अरु समाचार
-
इरानमाथि इजरायलको आक्रमणपछि रूसको चेतावनी
मस्काे । जरायलले इरानमा सैन्य लक्ष्यमा बमबारी गरेपछि इरान र इजरायलबीचको शत्रुतामा ‘खतरनाक वृद्धि’ भएको र यसले स्थिति नियन्त्रण बाहिर...
-
पूर्वी लेबनानमा इजरायली आक्रमण जारी
काठमाडौं । पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु हुनुका साथै बेरुतको दक्षिणी उपनगरका भवनहरूमा भौतिक क्षति भएको...
-
राष्ट्रपति पुटिनले दुई वर्षपछि राष्ट्रसङ्घका महासचिवसँग भेट गर्ने
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार दुई वर्षभन्दा बढी समयमा पहिलोपटक संयुक्त राष्ट्रका प्रमुख एन्टोनियो गुटेरेससँग भेट गर्ने भएका...
-
युक्रेनी विदेशमन्त्री युद्ध अन्त्य गर्ने योजनामा समर्थन जुटाउन अफ्रिका र ओमानको भ्रमणमा
काठमाडौं । युक्रेनी विदेश मन्त्री एन्ड्री सिबिगाले युक्रेन र रूसको बीचको युद्ध अन्त्य गर्ने योजनामा समर्थन जुटाउन बुधबार अफ्रिकी देशहरू...
-
भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच रुसमा भेटवार्ता हुने
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार पाँच वर्षमा पहिलो पटक द्विपक्षीय बैठक गर्ने भारतीय...
-
बङ्गलादेशमा राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा
काठमाडौं । बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् । यसअघि मङ्गलबार दिउँसो...
-
रूसमा सेना नपठाएको उत्तर कोरियाको दाबी
काठमाडौं । उत्तर कोरियाले मस्कोलाई युक्रेनको विरुद्धमा लड्न सेना नपठाएको जनाउदै संयुक्त राष्ट्रसङ्घका लागि उत्तर कोरियाली प्रतिनिधि किम सङले सियोलको...
-
हाइटी गिरोहको आक्रमणमा दुई जनाको मृत्यु , पाँच हजार विस्थापित
काठमाडौं । हाइटीका गिरोहहरूले राजधानी पोर्ट –आउ–प्रिन्समा आक्रमण गर्दा आठ महिनाको गर्भवती महिलासहित दुई महिलाको मृत्यु हुनुका साथै पाँच हजार...
-
म्यानमारमा डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ बेपत्ता
काठमाडौं । म्यानमारको दक्षिणी तटमा अन्डमान सागरमा करिब ३० जना बोकेको डुङ्गा डुबेपछि उद्धारका लागि खटिएका उद्धारकर्ताहरूले एघार वटा शव...