भन्सार छलेर भित्र्याइएका सामान बरामद
काठमाडौं । सशस्त्र प्रहरी बलले आइतबार पर्साका विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याएको रु १८ लाख ५० हजार मूल्यका लत्ताकपडासहित किरानाका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले आइतबार वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भन्सार छली गरेर ल्याएको रु १४ लाख ६० हजार मूल्य पर्ने किराना सामान, कपडा, कस्मेटिक, मोटरपार्टस्, मोबाइल एसेसोरिज, इलेक्ट्रोनिक्स तथा मेडिकलका सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेले सशस्त्र प्रहरीको सक्रियता बढाएसँगै भन्सार छली गरेर ल्याएका सामान पक्राउ पर्ने क्रम बढेको बताउनुभयो । उहाँले भन्सार छली गरेर बरामद भएको सामानलाई वीरगञ्ज भन्सार कार्यालयमा आवश्यक प्रक्रिया पुर्याएर बुझाएको जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीले आइतबार नै ड्राइपोर्टबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२५ स्थित चण्डालबाट भन्सार छली गरेर ल्याएको रु एक लाख ६९ हजार मूल्य पर्ने जुत्ता, कपडा र किराना सामान बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको छ ।
यसैगरी गत शनिबार प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१९ बर्वास्थित रु दुई लाख २८ हजार मूल्य पर्ने किनाराका सामान, इलेक्ट्रिक सामान, मोटर पार्टस्, कपडा तथा खेलौनाका सामान बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको छ ।
Comments
अरु समाचार
-
नेपालगञ्ज विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण अन्तिम चरणमा
काठमाडौं । नेपालगञ्ज विमानस्थलको नयाँ टर्मिनल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। ब्लक ए, बी र सी सहित एप्रोन,...
-
वीरगञ्ज भन्सार: मुख्य राजस्वको स्रोत पेट्रोलियम पदार्थ र सवारीसाधन आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ६४ अर्ब ५०...
-
अमेरिकाले डिपोर्ट गरी पठाएका ३७ नेपाली काठमाडौं आइपुगे
काठमाडौं । अमेरिकाले ‘डिपोर्ट’गरी एकसाथ पठाएका ३७ नेपाली काठमाडौं आइपुगेका छन् । आइतबार साँझ उनीहरू काठमाडौं आइपुगेका हुन् । अमेरिकाले...
-
बैंकहरूमा अधिक तरलताको समस्या झनै बढ्यो
काठमाडौं । बैंकहरूमा अधिक तरलताको समस्या झनै बढेपछि नेपाल राष्ट्र बैंकले ४२ दिने निक्षेप सङ्कलन जारी गरेको छ । अधिक...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
स्वदेशी तथा आयातित वस्तुमा कडा अनुगमन, व्यवसायीमा त्रास
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपालमा उत्पादित तथा बाहिरबाट आयात गरिएका वस्तुमा लेबलिङ तथा एमआरपी अनिवार्य गरी...
-
‘ट्राभल स्पेसलिस्ट-बेसिक लेभल’ अनलाइन पाठ्यक्रममा के छ ?
काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन पेसाकर्मीहरूको ज्ञान, दक्षता र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘ट्राभल स्पेसलिस्ट–बेसिक लेभल’अनलाइन पाठ्यक्रम सार्वजनिक...
-
बंगलादेशबाट नेपालमा चार अर्ब ७५ करोडको आयात, निर्यात ३५ करोड
भद्रपुर । आर्थिक वर्ष २०८१र८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बङ्गलादेशबाट चार अर्ब ७५ करोड आठ लाख छ हजार ८७१...