बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते
काठमाडौं । मकवानपुरको मनहरीमा बुधबार बिहान बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट महोत्तरीको लागि छुटेको प्रदेश २–०३–००१ ख ३६२९ नम्बरको बस बुधबार बिहान मनहरी गाउँपालिका–७ समिडाँडा स्थित पूर्वपश्चिम लोकमार्गमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेको छ । दुर्घटनामा परेर घाइते भएका ३५ मध्ये २८ जनाको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको उनले जानकारी दिए ।
जसमध्ये १३ जनाको अवस्था मध्यम र १५ जनाको अवस्था सामान्य रहेको उनले बताए । यसैगरी स्थानिय मनहरी अस्पतालमा ३ जना सामान्य अवस्थाका घाईतेको उपचार भइरहेको र हेटौँडा अस्पतालमा उपचाररत ४ जना घाईते उपचार पश्चात डिस्चार्ज भइसकेको उनले जानकारीअनुसार दिए ।
प्रवक्ता अर्यालका अनुसार बसका चालक महोत्तरीको पिपरा गाउँपालिका–२ का ३७ वर्षीय जय किशोर कापरलाई प्रहरीले नियन्त्रण रहेकोे जनाइएको छ ।
Comments
अरु समाचार
-
चितवनमा रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप
काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानमा रहेका रास्वपा सभापती रवि लामिछनेको चितवनमा बयान जारी रहँदा रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप...
-
नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
काठमाडौं । नेपाल र चीन सरकारबीच ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ । मंगलबार नेपाल...
-
जनप्रतिनिधिको भूमिका हेरेर जनताले मत परिवर्तन गर्न खोजे : महासचिव पोख्रेल
काठमाडौं। नेकपा एमालेले स्थानीय तहको चुनावी परिणामलाई यथार्थतामा बुझ्न आवश्यक रहेको बताएको छ । एमालेका महासचिव शंकर पोख्रेलले ‘उपचुनावको परिणाम...
-
शौचालयमा लडेर युवकको मृत्यु
काठमाडौं । शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको आज बिहान मृत्यु भएको छ । लडेर बेहोस...
-
काठमाडौं महानगरद्वारा तीन जना बालबालिकाको उद्धार
काठमाडौं । काठमाडौं महानगरपालिकाले एक बालिका र दुई बालकसहित तीन जनाको उद्धार गरेको छ । महानगरपालिकामा प्राप्त गुनासोका आधारमा आफ्नै...
-
बीआरआईबाट नेपालले लाभ लिन्छः प्रधानमन्त्री ओली
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई)बाट नेपालले लाभ लिने बताएका छन्...
-
शिखर धवनको अर्धशतकको मदतमा कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य
काठमाडौं । शिखर धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ...
-
राष्ट्रपति पौडेल शिक्षण अस्पताल महाराजगञ्ज भर्ना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । अस्पतालका निमित्त कार्यकारी...
-
दक्षिण कोरियाका राष्ट्रपति सैनिक शासन लगाउने निर्णयबाट पछि हटे
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल देशमा सैनिक शासन ९मार्शल ल० लगाउने निर्णयबाट पछि हटेका छन् । यो...