सरकारको कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो: डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि सत्तासाझेदार दलहरुबीचको संयन्त्र बनाइएको बताएका छन् ।
चितवनमा आज पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता डा.महतले सङ्घीय, प्रदेश र स्थानीय तहमा समझादरी बढाउन संयन्त्र अवश्यक भएको बताएका छन् । उनले भने, “धेरैभन्दा धेरै परिणाम प्राप्त हुन सकोस् र जनताको अपेक्षा पूरा गर्न सकियोस् भन्ने उद्देश्यले संयन्त्र बनाइएको हो ।”
देशको अर्थतन्त्रलाई चलायमान बनाउन युवाशक्तिलाई देशमै अवसर छ भन्ने विश्वास दिलाउन आवश्यक रहेको प्रवक्ता डा.महतको भनाइ थियो । अर्थतन्त्रमा सुधार ल्याउन प्रधानमन्त्रीले पार्टीको स्वार्थभन्दा माथि देश र जनतालाई राखेर काम गर्नुपर्ने बताए ।
उनले भने, “देशभित्रै अवसर छ । विदेश मात्रै जान खोज्नु हुँदैन भन्ने सन्देश दिन सक्नुपर्छ ।”
Comments
अरु समाचार
-
धार्मिक दृष्टिकोणले मधेशको संस्कार, संस्कृति र परम्परा उच्च रहेको छ: महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परा उच्च रहेको बताएका छन् । तराई मधेशमा...
-
एमाले सचिवालय बैठक भोलि बस्दै
काठमाडौं । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक भोलि...
-
संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण
काठमाडौं । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ...
-
अमेरिका र चीनबीच ‘सहकार्य हुनुपर्ने’ चिनियाँ राष्ट्रपति सीको भनाइ
काठमाडौं । बेइजिङ र वासिङ्टनबीच सहकार्य गर्ने उपाय खोज्नुपर्ने चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएको सन्देशमा...
-
नवनियुक्त इजरायली राजदूतको स्वागत
काठमाडौं । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय...
-
प्रधानमन्त्री ओलीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्रीले...
-
कीर्तिपुरमा एमालेद्वारा उम्मेदवार सार्वजनिक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम...
-
उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्रीबीच भेटवार्ता
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ । भारतको भ्रमणमा...
-
कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले दिए पदबाट राजीनामा
काठमाडौं । कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । प्रदेश मन्त्री परिषद् र संघ...