मन्त्रालयले पत्र पठाएपछि बक्यौता महसुल उठाउन प्राधिकरणलाई थप सजिलो
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ट्रंक तथा डेडिकेटेड महशुल बक्यौता ‘टाइम अफ द डे’(टीओडी) मिटरका आधारमा उठाउन नेपाल विद्यूत् प्राधिकरणलाई पत्राचार गरेको छ । मन्त्रालयले यस विवादित मु्द्दा सन्दर्भमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि प्राधिकरणलाई पत्राचार गरिएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतका अनुसार, आगामी १५ दिनभित्र सम्पूर्ण बक्यौता उठाएर उद्योगमा लाइन जोड्न प्राधिकरणलाई पत्र पठाएको हो । ‘मन्त्रिपरिषद्को निर्णयअनुसार, मन्त्रालयले लाल आयोगको प्रतिवेदन समेत सार्वजनिक गरेको छ । मन्त्रालयले आगामी १५ दिनभित्र बाँकी सम्पूर्ण बक्यौता उठाउन र लाइन काटिएका उद्योगमा पुनःलाइन जोड्न प्राधिकरणलाई निर्देशन दिइसकेका छौँ’, चटौतले भने ।
उनका अनुसार निर्णय कार्यान्वयनका लागि प्राधिकरणलाई पत्र गइसकेको छ । ‘मन्त्रिपरिषद्ले आगामी १५ दिनभित्र ट्रंक तथा डेडिकेटेड महशुल टीओडी मिटरका आधारमा उठाउने निर्णय गरेको छ,’ उनले भने, ‘उक्त निर्णय कार्यान्वयनका लागि मन्त्रालयले प्राधिकरणलाई पत्राचार गरिसकेको छ ।’सरकारले ट्रंक तथा डेडिकेटेड महशुल विवाद सल्टाउने गरी निर्णय गरेको उनले बताए ।
उनले ९ वर्षदेखि चल्दै आएको विवादित मुद्दालाई सरकारले महशुल उठाएर समाधान गर्न खोजेको उनको भनाइ छ । लाल आयोगको सुझावअनुसार नै सरकारले ट्रंक तथा डेडिकेटेड महशुलबापतको प्रिमियम शुल्क उठाउन यसअघि नै निर्देशन दिइसकेको उनले बताए । मन्त्रिपरिषद्ले १५ दिनभित्र महशुल बक्यौता उठाउने र उद्योगमा लाइन पुनः जोड्ने निर्णय गरेपछि सोमबार साँझसम्म लाइन काटिएको उद्योगमा बिजुली जोडिएको छैन ।
मन्त्रालयले लिखित पत्र पठाएसँगै अब प्राधिकरणलाई उद्योगमा लाइन जोड्ने र महशुलबापतको प्रिमियम शुल्क उठाउने बाटो खुलेको छ । मन्त्रालयको लिखित पत्रसँगै प्राधिकरणलाई महशुल बक्यौता उठाउन थप सहज भएको छ । लाइन काटिएका उद्योगमा पुनः लाइन जोड्ने निर्णय समेत प्राधिकरणले कार्यान्वयन गर्नुपर्नेछ । मन्त्रिपरिषदको निर्णय भएको २४ घण्टाभित्र सम्बन्धित निकायले निर्णय कार्यान्वयन गर्न सक्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् । उनीहरूका अनुसार, सोमबार बेलुका वा मंगलबारसम्म सबै उद्योगमा लाइन जोड्ने सम्भावना छ ।
Comments
अरु समाचार
-
युवाहरु सडकमा उत्रिन सरकारको अनुमति पर्दैनः ओली
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले पार्टीका युवाहरुलाई सडकमा उत्रन निर्देशन दिएका छन् । अध्यक्ष ओलीले...
-
‘उत्साहजकरुपमा हुँदैछ मतदाता नामावली संकलन’
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली संकलन कार्य तीव्र गतिमा जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता...
-
बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दाबी
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९०...
-
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन
देवदह (रुपन्देही) । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार...
-
टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार
काठमाडौं । पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई...
-
असोज महिनामा देशभर एक सय ८५ आगलागीका घटना
काठमाडाैं । गएको असोज महिनामा देशभर एक सय ८५ वटा आगलागीका घटना भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क...
-
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै, केही क्षेत्रमा वर्षा र हिमपात
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कोशी, गण्डकी...
-
लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम...
-
दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म गर्ने निर्णय
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३औं बोर्ड...












