राउटेको जनसङ्ख्या १ सय ३५ मा झर्यो, अस्तित्व नै सङ्कटमा
सुर्खेत । राउटे समुदायको जनसङ्ख्या एक सय ३५ जनामा झरेको छ । २०७५ सालमा एक सय ४९ जना रहेको राउटेको जनसङ्ख्या घटेर अहिले एक सय ३५ जनामा झरेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आफ्नो बाजेको पालामा झन्डै सात सय रहेको राउटेको सङ्ख्या अहिले एक सय ३५ जनामा झरेको राउटे मुखिया सूर्यनारायण शाहीले बताउनुभयो । पछिल्ला वर्षहरूमा सरकारले राउटेका लागि भत्तासँगै विभिन्न सुविधाहरू दिए पनि सङ्ख्या बढ्नुको साटो झनै घटिरहेको छ ।
अहिले बालबालिका जन्मिने क्रम निकै कम भएको शाहीले बताउनुभयो । पछिल्लो साढे दुई वर्षको अवधिमा राउटे समुदायमा दुई जना बालबालिका जन्मिएका छन् । जनसङ्ख्यामा कमी आएसँगै कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको अस्तित्व नै सङ्कटमा पर्न थालेको छ ।
राउटे समुदायको उत्थानका लागि काम गर्दै आएको गैरसरकारी संस्था सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापा सामाजिक मूल्य मान्यताका कारण पनि राउटेको सङ्ख्या घटिरहेको बताउनुहुन्छ । उहाँका अनुसार राउटेभित्र तीन वटा समुदाय छन् । एउटै समुदायका केटा र केटीको विवाह गर्नु हुन्न । यसैले धेरै युवायुवतीको विवाह नै हुन सकेको छैन ।
यस्तै श्रीमानकाे मृत्युपछि जतिसुकै उमेरको भए पनि महिलाले विवाह गर्न पाउँदैनन् । अहिले २३ जना एकल महिला छन् । तीमध्ये धेरैजसो २० देखि ३० वर्ष उमेरका रहेका थापाले बताउनुभयो । पछिल्लो समय जाँड–रक्सी खाएपछि लडेर ज्यान गुमाउने क्रम पनि बढेको छ । सरकारले दिएको भत्ता धेरैजसो जाँड–रक्सीमा खर्च भएको पाइएको थापाले बताउनुभयो ।
Comments
अरु समाचार
-
युवाहरु सडकमा उत्रिन सरकारको अनुमति पर्दैनः ओली
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले पार्टीका युवाहरुलाई सडकमा उत्रन निर्देशन दिएका छन् । अध्यक्ष ओलीले...
-
‘उत्साहजकरुपमा हुँदैछ मतदाता नामावली संकलन’
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली संकलन कार्य तीव्र गतिमा जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता...
-
बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दाबी
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९०...
-
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन
देवदह (रुपन्देही) । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार...
-
टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार
काठमाडौं । पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई...
-
असोज महिनामा देशभर एक सय ८५ आगलागीका घटना
काठमाडाैं । गएको असोज महिनामा देशभर एक सय ८५ वटा आगलागीका घटना भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क...
-
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै, केही क्षेत्रमा वर्षा र हिमपात
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कोशी, गण्डकी...
-
लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम...
-
दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म गर्ने निर्णय
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३औं बोर्ड...












