अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको मध्य भागमा रहेको राजमार्गमा इन्धन ट्याङ्कर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु हुनुका साथै ६५ जना घाइते भएका तालिबान सरकारका प्रवक्ताले बिहीबार बताएका छन् ।
राजधानी काबुल र दक्षिणी कान्दाहार शहरको बीचमा रहेको गजनी प्रान्तमा बुधबार राति भएको दुर्घटनामा प्रान्तीय सूचना तथा संस्कृति प्रमुख हमिदुल्लाह निसारले एक्समा बताए ।
“काबुल–कान्दाहार राजमार्गमा दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना भएको र घटनामा ५२ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्,” सरकारका मुख्य प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने ।
मध्य गजनीको शाहबाज गाउँ नजिकै एउटा बस इन्धन ट्याङ्करसँग ठक्कर खाँदा दुर्घटना भएको थियो भने अर्को बस पूर्वी जिल्ला अन्दरमा एउटा ट्रकसँग ठोक्किएको निसारले बताए ।
उद्धार टोली घटनास्थलमा पुगेको र घाइतेलाई अस्पताल पु¥याएको र केहीको अवस्था गम्भीर रहेको उनले बताए ।
दशकौँ लामो द्वन्द्व खेपेको अफगानिस्तानमा कमजोर सडक, राजमार्गमा तीब्र गति गुड्ने सवारी साधन र नियमनको अभावका कारण अफगानिस्तानमा सवारी दुर्घटना हुने गरेको छ ।
गत मार्चमा दक्षिणी हेल्मान्ड प्रान्तमा एउटा बस र इन्धन ट्याङ्कर ठोक्किँदा २० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ३८ जना घाइते भएका थिए।
सन् २०२२ को डिसेम्बरमा अफगानिस्तानको उचाइमा रहेको सलाङ पासमा इन्धन ट्याङ्कर पल्टिएर आगलागी हुँदा ३१ जनाको मृत्यु हुनुका साथै दर्जनौँ मानिस जलेर घाइते भएका थिए ।
Comments
अरु समाचार
-
युक्रेनको राजधानीमा भयानक विस्फोट
काठमाडौं । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय...
-
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ
काठमाडौं । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता...
-
युक्रेन सम्झौताका लागि ट्रम्पलाई भेट्न पुटिन तयार
काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै पनि बेला वार्ताका लागि आफू तयार रहेको बताएका...
-
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
काठमाडौं । भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै...
-
दूतावासको टोलीले दिन थाल्यो पोर्चुगलमा कन्सुलर सेवा
काठमाडौं । पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्न आएको फ्रान्सस्थित नेपाली दूतावासको टोलीले कन्सुलर सेवा पनि दिन सुरु गरेको छ...
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
काठमाडौं । भारतीय सुरक्षा बलले बिहीबार काश्मिरमा जारी झडपमा कम्तीमा पाँच जना संदिग्ध बन्दुकधारीको हत्या गरेको भारतीय सेनाले जनाएको छ...
-
इजरायल र हमासबीच युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा
जेरुसलेम । महिनौँको गतिरोधपछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास गाजामा...
-
युक्रेनमा उत्तर कोरियाको संलग्नता द्वन्द्वको ‘खतरनाक विस्तार’ हो : अमेरिका र सहयोगीहरू
किएभ । दश देश र युरोपेली सङ्घ (इयु) ले सोमबार संयुक्त राज्य अमेरिकाले जारी गरेको संयुक्त वक्तव्यमा युक्रेनमा रुसको युद्धमा...
-
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
काठमाडौं । बुर्किना फासोको सीमा नजिकै पश्चिमी नाइजरमा हालैका दिनमा भएका दुई आक्रमणमा परी ३९ जनाको मृत्यु भएको नियामीको रक्षा...