दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित
काठमाडौँ: कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट पारित भएको छ । सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा विहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको ११९औँ बोर्ड बैठकले उक्त निर्णय पारित गरेको हो ।
कर्णाली प्रदेशमा आयोजना हुने उक्त प्रतियोगिता आगामी चैतमा हुने तय भएको छ । बैठकले नेपाल ओलम्पिक कमिटीको चुनाव र साधारणसभा अवैध भएको ठहर गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने निर्णयसमेत गरेको छ ।
साथै ओलम्पिक कमिटीको चुनाव तथा साधारणसभामा सहभागी राष्ट्रिय खेल सङ्घले राखेपसमक्ष पेस गरेको स्पष्टीकरण उचित कारण र आधारविना पेस गरेका सङ्घका लागि थप आवश्यक प्रक्रिया अगाडि बढाउने गरी निर्णय भएको राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिनुभयो ।
Comments
अरु समाचार
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गरियोस्: एमाले प्रचार विभाग प्रमुख गौतम
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको दुर्व्यवहारको निष्पक्ष छानबिन गर्न नेकपा (एमाले) ले माग गरेको छ । एमाले प्रचार...
-
बाजुराका उच्च लेकाली भेगमा हिमपात
काठमाडौं । बाजुराको उच्च हिमाली क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात सुरु भएको छ । बुधबार बाट शुरु भएको बदली...
-
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । पोखरा स्वास्थ्य...
-
९८ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच: खानेपानी मन्त्री यादव
काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको दाबी गर्नुभएको छ ।बिहीबार राष्ट्रिय भूकम्प सुरक्षा...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
काठमाडौं । भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र रूपमा अघि बढेको छ । महानगरले सङ्घ...
-
‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव
काठमाडौं । किरात यले दोङ (किरात संवत्) ५०८५ को अवसर पारेर ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ औपचारिकरुपमा सुरु भएको छ ।...
-
हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीनमहिनादेखि उत्पादन बन्द
काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण...
-
कन्कार्ई पुलको निर्माण १३ वर्षदेखि अलपत्र, आधा मात्रै काम
भद्रपुर (झापा): हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १...
-
सीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा नेपाल-भारतका पर्यटन व्यवसायीले जनाए प्रतिबद्धता
आगरा (भारत): सीमापार धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतका पर्यटन व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन् । नेपालस्थित भारतीय दूतावास, नेपाल...