इरानको सर्वोच्च अदालतमा दुई न्यायाधीशको गोली हानी हत्या
काठमाडौं । इरानको तेहरानस्थित सर्वोच्च अदालतको भवनमा शनिबार भएको गोलीकाण्डमा दुई न्यायाधीशको मृत्यु भएको छ।
“सर्वोच्च अदालतका तीन न्यायाधीशलाई निशाना बनाइएको आक्रमणमा परी तीमध्ये दुई जनाको मृत्यु भएको छ,” न्यायपालिकाको मिजानको वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख छ। उक्त विज्ञप्तिमा आक्रमणमा संलग्न आक्रमणकारीले घटना लगत्तै आत्महत्या गरेको जनाइएको छ।
सरकारी समाचार संस्था इर्नाले पनि आक्रमणमा परी न्यायाधीशको मृत्य भएको र अन्य एक न्यायाधीश घाइते भएको जनाएको छ।
मिजानले मारिएका दुई न्यायाधीश अली रजिनी र मोहम्मद मोगिसेह रहेको जनाएको छ भने उनीहरूले ‘राष्ट्रिय सुरक्षा, जासूसी र आतङ्कवादविरुद्धको अपराध सम्बन्धी’ मुद्दाहरू हेर्न गरेको पनि बताएको छ।
उनीहरुको हत्याको कारण तत्काल स्पष्ट नभए पनि मिजानले आक्रमणकारीको पहिचानबारे थप जानकारी नदिई सर्वोच्च अदालतमा कुनै पनि मुद्दामा आक्रमणकारीको संलग्नता नरहेको उल्लेख गरेको छ।
मिजानका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको अधिकारीले बताएका छन्।
अमेरिकी अर्थ मन्त्रालयका अनुसार ६८ वर्षीय वरिष्ठ न्यायाधीश मोगिसेहलाई सन् २०१९ मा संयुक्त राज्य अमेरिकाले ‘अनगिन्ती अनुचित मार्गहरूको निरीक्षण गरेको भनी प्रतिबन्ध लगाएको थियो। उक्त समयमा आरोपहरूमा प्रमाणहरूको अभाव रहेको भन्दै इरानले आरोपका खण्डन गरेको थियो।
मिजानका अनुसार ७१ वर्षीय रजिनीले इरानको न्यायपालिकामा धेरै महत्वपूर्ण पदहरु सम्हालिसक्नुभएको थियो र यसअघि सन् १९९८ मा आक्रमणकारीहरूले उहाँको गाडीमा म्याग्नेटिक बम राखी हत्या प्रयास गरेका थिए।
न्यायाधीशलाई लक्षित गरी हुने आक्रमण विरलै हुने भए तापनि इरानले पछिल्ला वर्षहरूमा उच्च पदस्थ व्यक्तिहरूलाई लक्षित गरी थुप्रै गोलीकाण्डहरू देखेको छ।
गत अक्टोबरमा दक्षिणी शहर काजेरुनमा शुक्रबारको नमाजको नेतृत्व गरिरहेका एक शिया मुस्लिम उपदेशकको गोली हानी हत्या गरिएको थियो।
सन् २०२३ को अप्रिलमा अब्बास अली सुलेमानी नाम गरेका एक शक्तिशाली धर्मगुरुको उत्तरी प्रान्त मजन्दरानको एक बैङ्कमा गोली हानी हत्या गरिएको थियो।
सन् २००५ को अगष्टमा तेहरानको एक व्यस्त व्यापारिक क्षेत्रको बीचमा दुई जना बन्दुकधारीले प्रसिद्ध इरानी न्यायाधीश हसन मोघदासको हत्या गरेका थिए। उनको हत्यामा दोषी ठहर भएका दुई जनालाई दुई वर्षपछि फाँसी दिएर सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको थियो।
Comments
अरु समाचार
-
रूसी क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नेताले युद्धविरामको पहललाई बिथोल्न खोजेको आरोप लगाएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुस्र्क (रूसी...
-
क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले शपथ
काठमाडौं । क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले शपथ लिएका छन् । हालै क्यानडाको लिबरल पार्टीको नेतृत्वको चुनावमा विजयी भएपछि केन्द्रीय...
-
सुनिता र विल्लमोरलाई फिर्ता ल्याउन स्पेस एक्सद्वारा रकेट प्रक्षेपण
काठमाडौं । अन्तरीक्षमा फसेका अन्तरीक्षयात्री बुच विलमोर र सुनीता विलियम्सलाई पृथ्वी फर्काउने उदेश्य सहित स्पेस एक्सले अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रबाट नयाँ...
-
युरोपबाट आयातित रक्सीमा दुईसय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली युनियनबाट आउने रक्सीमा दुई सय प्रतिशत कर लगाउने चेतावनी दिएका छन्। ट्रम्पले आयातमा...
-
युक्रेनमा युद्धविरामको बारेमा छलफल गर्न अमेरिकी अधिकारीहरू रुस जाँदै
काठमाडौं । युक्रेनमा सम्भावित युद्धविरामको बारेमा छलफल गर्न अमेरिकी अधिकारीहरू आज रुस जाँदैछन् । साउदी अरेबियामा अमेरिकी अधिकारीहरूसँगको बैठकपछि युक्रेनी...
-
‘महिला सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ’
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले महिलाका अधिकार रक्षा तथा उनीहरुको सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध...
-
युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
किएभ । युक्रेनमा सम्भावित युद्धविरामको बारेमा छलफल गर्न अमेरिकी अधिकारीहरू रुस जाँदैछन् । साउदी अरेबियामा अमेरिकी अधिकारीहरूसँगको बैठकपछि युक्रेनी अधिकारीहरूले...
-
क्यानडाका भावी प्रधानमन्त्रीले भने- अमेरिकी व्यापार युद्धलाई जितेरै छोड्छौँ
ओटावा । क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । लिबरल...
-
ट्रुडोको उत्तराधिकारीका रूपमा कार्नी निर्वाचित
काठमाडौं । क्यानडाको लिबरल पार्टीले आइतबार मार्क कार्नीलाई दलको नेतामा निर्वाचित गरेको छ । सत्ताधारी दलको नेता निर्वाचित भएसँगै उनी...