पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ
काठमाडौं । पेस्तोलसहित जिल्ला प्रहरी कार्यालयले गएराति भीमदत्त नगरपालिका–६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गबाट चार भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय युके ०६ एआर ०८४६ नम्बरको कारलाई प्रहरीको टोलीले जाँच गर्दा पेस्तोल फेला पारेको हो ।
कारको चालकको सिटको पछाडीको भागको खल्तीमा पेस्तोल लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए। उनका अनुसार पेस्तोल फेला परेपछि कारमा सवार भारतको उत्तराखण्ड प्रदेशको उधमसिंह नगर जिल्ला प्रेमनगर खटिमा बस्ने वर्ष ३२ का सञ्जय जेठी, वर्ष ३४ का जिवन सिंह, वर्ष ३२ का कोमल विष्ट र वर्ष ३४ का उमेद सिंह अधिकारीलाई पक्राउ गरी अनुसन्धानको कार्य अगाडि बढाइएको छ ।
कारमा भारतीय नागरिक हतियारसहित गइरहेको गोप्य सूचनाका आधारमा प्रहरी उपरीक्षक चक्रराज जोशीको कमाण्डमा गएको प्रहरी टोलीले राति चारै जनालाई हतियारसहित पक्राउ गरेको बताइएको छ ।
Comments
अरु समाचार
-
अमेरिकाको न्यु मेक्सिकोमा गोली चल्दा तीन जनाको मृत्यु, १५ जना घाइते
काठमाडौं । अमेरिकाको न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्...
-
लागू औषधसहित तीन जना पक्राउ
काठमाडौं । लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पोखराको छोरेपाटनबाट प्रहरीले तिनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...
-
जिउँदै गाईलाई ढुंगाले हान्दै निर्ममतापूर्वक नदीमा बगाइयो
काठमाडौं । जिउँदै गाईलाई ढुंगाले हान्दै निर्ममतापूर्वक नदीमा बगाइएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । ‘गौदान गरेको दृश्य’...
-
अनाथालयमा टिपर पस्दा ३ जनाको मृत्यु
काठमाडौं । साँखुको अनाथालयमा मानिस सुतिरहेकै कोठामा टिपर पस्दा ३ जनाको मृत्यु भएको छ। आज बिहान ३ः४० बजे अनाथालयभित्र बा...
-
खाँदबारीमा एक महिलाको शव फेला
काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा एक महिलाको शव फेला परेको छ । खाँदबारी–८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी...
-
पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ परेका छन् । बुधबार राति दुबईबाट...
-
पेस्तोल र गोलीसहित दुई भारतीय पक्राउ
काठमाडौं । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५ रातमाटे चेकपोस्टबाट पेस्तोल र गोलीसहित दुई भारतीय नागरिक पक्राउ गरेको छ । प्रहरी चौकी...
-
सुनसहित नागढुंगाबाट दुई भारतीय पक्राउ
काठमाडौं । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत...
-
सासूको हत्या आरोपमा बुहारी पक्राउ
काठमाडौं । सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । धनुषाको जनकनन्दनी गाउँपालिका–५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको...