भोजपुरमा दुई चरणमा एचपिभी खोप अभियान सञ्चालन गरिने
काठमाडौं । पहाडी जिल्ला भोजपुरमा पाठेघरको क्यान्सर विरुद्ध दिइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान दुई चरणमा सञ्चालन हुने भएको छ । नौ वटा स्थानीय तह रहेको भोजपुरमा पहिलो चरणमा पाँच र दोस्रो चरणमा चार वटा पालिकामा खोप अभियान सञ्चालनको तयारी गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजु कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
विश्व क्यान्सर दिवसको अवसर पारेर माघ २२ गते देखि २४ गतेसम्म पहिलो चरणमा भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन हुने छ । यस्तै माघ २७ गते देखि २९ गतेसम्म षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, अरुण गाउँपालिका र पौवादुङमा गाउँपालिकामा दोस्रो चरणको खोप कार्यक्रम सञ्चालन हुने श्रेष्ठले बताउनुभयो ।
कक्षा छ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका गरी भोजपुरमा आठ हजार चार सय १९ जना किशोरीलाई एचपिभी खोप दिन लागिएको हो । खोप अभियान सञ्चालनका लागि जिल्लाका एक सय ३५ विद्यालय, नौ स्थानीय तहका ८१ वटै वडा, ८१ वटा स्वास्थ्य संस्था र नौ वटा समुदाय स्तरीय खोप केन्द्र गरी दुई सय २५ खोप केन्द्र निर्धारण गरिएको छ भने जसका लागि दुई सय २५ जना स्वास्थ्यकर्मी र चार सय ५० जना स्वयम सेवक परिचालन गरिने छ ।
खोप कार्यक्रमका लागि अहिले खोप कार्यकर्ताहरूलाई पालिका स्तरीय तालिम पनि सञ्चालन भई रहेको छ । अभियान अन्तर्गत षडानन्द नगरपालिका एक हजार पाँच सय तीन, भोजपुर नगरपालिका एक हजार तीन सय १०, रामप्रसाद राई गाउँपालिका नौ सय २९, आमचोक गाउँपालिका आठ सय ६९, साल्पासिलिछो गाउँपालिका आठ सय ४९, हतुवागढी गाउँपालिका सात सय ८६, टेम्कैमैयुङ गाउँपालिका सात सय ८२, अरुण गाउँपालिका सात सय ७१ र पौवादुङमा गाउँपालिकाका छ सय २० जनालाई पाठेघरको क्यान्सर विरुद्ध दिइने एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय भोजपुरले तथ्याङ्क बनाएको छ ।
एचपिभी विरुद्धको खोपले पाठेघरको मुखको क्यान्सर, गुदद्वारको क्यान्सर, घाँटी र जनेन्द्रियहरूको क्यान्सरबाट बचाउने स्वास्थ्यकर्मीको भनाई रहेको छ । खोप कार्यक्रममा विषयमा स्वास्थ्य कार्यालय भोजपुरले मङ्गलवार सरोकारवालाहरूसँग अन्तरक्रिया समेत गरेको छ ।
सोक्रममा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले खोपलाई प्रभावकारी बनाउन सबै पक्षले सकारात्मक भूमिका खेल्न जरुरी रहेको बताउनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी नर बहादुर थापाले खोप कार्यक्रम सफल बनाउन स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने बताउनुभयो । प्रजिअ थापाले नागरिकलाई स्वस्थ्य बनाउने जिम्मेवारी सबैको भएकोले सक्रिय भएर प्रचार प्रसारमा जुट्न पनि आग्रह गर्नुभयो ।
सन २०३० सम्ममा रोग निवारण गर्ने लक्षका साथ सरकारले यो अभियान सुरु गरेको हो । आर्थिक बर्ष २०७२÷०७३ साल तिर नै खोप अभियान सुरु भए पनि नियमित हुन सकेको थिएन । विश्वमा हरेको बर्ष पाँच लाख ७० हजार र नेपालमा दुई हजार एक सय ६९ जना पाठेघरको क्यान्सरका बिरामी देखिएको स्वास्थ्यको तथ्याङ्कमा उल्लेख छ । जसमा दैनिक चार जनाको ज्यान समेत जाने गरेको छ ।
Comments
अरु समाचार
-
होलीमा यस्तो देखियो बसन्तपुर र न्युरोड क्षेत्र (तस्बिरहरु)
काठमाडौं । काठमाडौंको बसन्तपुरमा बिहीबार पचासौं हजार होली खेल्न भेला भए । विशेषतः युवायुवतीहरुले रंगहरुको पर्व होली यहाँ भेला भएर...
-
युक्रेनमा युद्धविरामको बारेमा छलफल गर्न अमेरिकी अधिकारीहरू रुस जाँदै
काठमाडौं । युक्रेनमा सम्भावित युद्धविरामको बारेमा छलफल गर्न अमेरिकी अधिकारीहरू आज रुस जाँदैछन् । साउदी अरेबियामा अमेरिकी अधिकारीहरूसँगको बैठकपछि युक्रेनी...
-
३२ वटा क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार सर्वसम्मत निर्वाचित
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एक आङ्गिक क्याम्पससहित ३२ वटा क्याम्पसमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र...
-
‘महिला सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ’
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले महिलाका अधिकार रक्षा तथा उनीहरुको सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध...
-
हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
काठमाडौं । बर्दियाको ठाकुरबाबा नगरपालिका-२ बलातीमा जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय बोलीराम थारूको मृत्यु भएको छ। गए राति करिब ११...
-
सगरमाथा आरोहीहरूलाई सुरक्षित बाटो बनाउन ‘आइसफल डाक्टर’
सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी शुरू भएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल...
-
सुदूरपश्चिममा लेखाका कर्मचारी फेरि आन्दोलित, मुख्यमन्त्री कार्यालयमा धर्ना थाले
धनगढी । सुदूरपश्चिम प्रदेशमा आर्थिक प्रशासनका सबै कामकाज ठप्प पारेर लेखा समूहका कर्मचारी फेरि आन्दोलित भएका छन् । प्रदेश सरकारले...
-
अलैँचीको मूल्यमा गिरावट, कृषक चिन्तित
काठमाडौं । अलैँचीको मूल्यमा निरन्तर गिरावट आएसँगै संखुवासभा, ताप्लेजुङ सहित पूर्वी पहाडी जिल्ला पाँचथर, इलाम तेह्रथुमका कृषक तथा व्यापारीहरू मारमा...
-
नेपालमा राजतन्त्रवादी लहरः असन्तोषको अभिव्यक्ति कि राजनीतिक रणनीति?
काठमाडौं । नेपालमा पछिल्ला दिनहरूमा राजतन्त्रका पक्षमा आन्दोलन पुनः सक्रिय बन्दै गएको छ । काठमाडौं लगायत देशका प्रमुख सहरहरूमा हजारौँले...