महिला त्रिकोणात्मक टी–२० सिरिज: पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित
काठमाडौं । काठमाडौंको किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ ।
बिहीबार भएको रोमाञ्चक खेलमा जितका लगि एक सय ५८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३७ रनमा समेटियो हो ।
नेपालका लागि ओपनर सिता रानामगरले सर्वाधिक २८ रन बनाईन् । यस्तै कविता जोशीले २७, पुजा महतोले २४ र रुविना क्षेत्रील ११ रन बनाईन् । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा नेदरल्यान्ड्सका इभा लेन्च र क्यारोलिन डे लन्जले दुई–दुई तथा आईरिस जेविलिङ र फेडेरिक ओभरडिजले एक–एक विकेट लिईन् ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ५७ रन बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि रोविने रिज्केले अविजित अर्धशतकीय इनिङ्स खेलिन् । उनले ४८ बलमा आठ चौकाको सहयोगमा ५९ रन बनाईन् । यस्तै आईरिस जेविलिङले अविजित ३१ तथा स्टेरे केलिसले २९ र हिदर सिगर्सले २३ रन बनाईन् ।
बलिङमा नेपालका सिता रानामगर, इश्वरी विष्ट, पुजा महतो र कविता कुँवरले एक एक विकेट लिए । नेपालका लागि अलिशाकुमारी यादव तथा मनिषाकुमारी उपाध्यायको राष्ट्रिय टोलीमा डेब्यू गरेका छन् ।
सिरिजमा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डसम्मिलित छ । नेपालले दोस्रो खेल माघ १९ गते थाइल्यान्डसँग खेल्नेछ ।
Comments
अरु समाचार
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...












