पेस्तोल र गोलीसहित दुई भारतीय पक्राउ
काठमाडौं । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५ रातमाटे चेकपोस्टबाट पेस्तोल र गोलीसहित दुई भारतीय नागरिक पक्राउ गरेको छ ।
प्रहरी चौकी रातमाटे र अस्थाई प्रहरी पोस्ट हरियालीबाट खटिएको संयुक्त टोलीले भारत बिहार राज्य सिहुहर जिल्ला धनहरा ग्राम बस्ने २२ वर्षीय धिरज कुमार र बिहार राज्य मोतीहारी जिल्ला बहरी ग्राम बस्ने २६ वर्षीय दीपक कुमारलाई पक्राउ गरेको हो ।
धिरजको साथबाट एकराउन्ड गोली लोड भएको एमएम अटो पेस्तोल र थप २ थान गोली गरी तीन थान गोली बरामद गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत रातमाटे चेकपोइन्टमा गौरबाट चितवन तर्फ जान आउँदै गरेको ना.८ ख. ८७७३ नं. को भाडाको बसलाई विशेष सूचनाको आधारमा चेकजाँच क्रममा खानतलासी गर्दा हतियार र गोली बरामद भएको हो ।
Comments
अरु समाचार
-
अनाथालयमा टिपर पस्दा ३ जनाको मृत्यु
काठमाडौं । साँखुको अनाथालयमा मानिस सुतिरहेकै कोठामा टिपर पस्दा ३ जनाको मृत्यु भएको छ। आज बिहान ३ः४० बजे अनाथालयभित्र बा...
-
खाँदबारीमा एक महिलाको शव फेला
काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा एक महिलाको शव फेला परेको छ । खाँदबारी–८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी...
-
पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ परेका छन् । बुधबार राति दुबईबाट...
-
सुनसहित नागढुंगाबाट दुई भारतीय पक्राउ
काठमाडौं । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत...
-
सासूको हत्या आरोपमा बुहारी पक्राउ
काठमाडौं । सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । धनुषाको जनकनन्दनी गाउँपालिका–५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको...
-
लागूऔषधसहित पक्राउ २ जना पक्राउ
काठमाडौं । कैलालीको धनगढीबाट एक युवक र युवती लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ राष्ट्रिय वाणिज्य बैंक...
-
पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ
काठमाडौं । पेस्तोलसहित जिल्ला प्रहरी कार्यालयले गएराति भीमदत्त नगरपालिका–६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गबाट चार भारतीय नागरिकलाई पक्राउ गरेको छ ।...
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
-
लागुऔषध दुर्व्यसनी र कारोबारमा संलग्न दुई सय १३ जना पक्राउ
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुर्व्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको...