स्ववियु निर्वाचनबारे त्रिविको १३ बुँदे निर्देशन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिद्वारा क्याम्पस र कलेज निर्वाचन समितिलाई १३ बुँदे निर्देशन जारी गरेको छ ।
शुक्रबार त्रिविको केन्द्रीय निर्वाचन अनुगमन तथा समन्वय समितिले निर्देशन जारी गरेको हो । चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि केन्द्रीय अनुगमन तथा समन्वय समितिले निर्देशन जारी गरेको हो । रेक्टरको अध्यक्षतामा रहेको समितिले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्देशन जारी गरेको हो ।
त्रिविले जारी गरेको १३ बुँदे निर्देशन
१- क्याम्पस कलेजले आवश्यकता अनुसार ३ देखि अधिकतम ७ सदस्यीय निर्वाचन आचार संहिता अनुगमन तथा समन्वय समिति गठन गर्न सक्नेछ । साथै विशेष आवश्यकताका आधारमा अन्य समिति समेत गठन गर्न सकिनेछ ।
२- संघ सङ्गठन समूह दर्ता फारम एजेन्ट संख्या उम्मेदवारी फिर्ता फारम, मुचुल्का ढांचा लगायत आवश्यक फारमहरू क्याम्पस/कलेजको निर्वाचन समितिले तयार गर्नेछ ।
३- स्व.वि.यु.निर्वाचनमा प्रत्यक्ष तर्फ भाग लिने ‘समूह’ भन्नाले मतदाता सुचीमा नाम भएका विद्यार्थीहरू मध्येबाट एक जना संयोजक सहित कम्तीमा ११ जना सदस्य रहेको “समूह” बनाउनु पर्नेछ र उक्त समूहको बैठकले त्यस्तो समूह गठन गरेको निर्णय प्रतिलिपि प्रमाणित गरी समूह दर्ता गर्नुपर्ने छ ।
४- क्याम्पस विद्यार्थी कल्याण प्रमुख संयोजक वा सदस्य सचिव रहने उल्लेख हुनुलाई निर्वाचन अधिकृत वा निर्वाचन समितिको सदस्य सचिव रहने व्यवस्थाको रूपमा स्पष्ट गरिएको छ । क्याम्पस विद्यार्थी कल्याण प्रमुख नियुक्त नभएको अवस्थामा क्याम्पस प्रमुखले क्याम्पसका शिक्षकहरु मध्येबाट स्ववियु निर्वाचन प्रयोजनको लागि आवश्यक जिम्मेवारी तोक्न सक्नेछन् ।
५- क्याम्पस कलेजमा स्नातक तह वार्षिक प्रणाली अन्तर्गत प्रथम वर्ष र सेमेस्टरमा माघ ११ गतेसम्म भर्ना भएका विद्यार्थीहरूलाई मतदाता नामावलीमा समावेश गर्नु पर्नेछ ।
६- क्याम्पस/ कलेजमा सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तह प्रथम सेमेस्टरमा माघ मसान्तसम्म भर्ना भएका विद्यार्थीहरूलाई मतदाता नामावलीमा समावेश गर्नु पर्नेछ ।
७- क्याम्पस कलेजमा स्नातक तह वार्षिक र सेमेस्टर प्रणाली अन्तर्गत दोस्रो, तेस्रो सेमेस्टर र वर्षमा भर्नाको सन्दर्भमा ५ दिन अगाडि सम्मको भर्ना तोकिएकोमा उक्त दिन सार्वजनिक बिदा परेमा क्याम्पस/ कलेज खुलेको दिनलाई बुझ्नु पर्दछ ।
८- डीन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयले २०५१ फागुन १ गतेदेखि चैत्र ४ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरी त्यस बीचमा परीक्षा दिएका वा दिइरहेका विद्यार्थीहरू सोही वर्ष र सेमेष्टरका मतदाताको रूपमा रहने तथा मतदान गर्ने समयमा सोही वर्ष र सेमेस्टरको क्याम्पस परिचय पत्र वा प्रवेश पत्रको आधारमा मतदानको व्यवस्था गर्न सकिनेछ । उक्त अवधिमा परीक्षा दिएका विद्यार्थीहरूलाई माथिल्लो कक्षामा तत्कालै भर्ना हुनुपर्ने बाध्यकारी अवस्था रहनेछैन ।
९- त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका २०८१ को दफा १३ को उपदफा ४ मा उल्लेख भएको वर्तमान स्ववियुको पदावधि सम्बन्धी व्यवस्थाको सम्बन्धमा त्रिभुवन विश्वविद्यालय शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद २ को दफा ३४८ को बुंदा (घ) आकर्षित हुनेछ ।
१०- त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यालयको मंत्राधिकार कुनै एउटा क्याम्पसको एउटा तहको एउटा कक्षाको लागि मात्र हुनेछ ।
११- वार्षिक/ सेमेस्टर प्रणाली अन्तर्गत अन्तिम वर्ष सेमेस्टरमा यदि सैद्धान्तिक विषय नभएको अवस्थामा उक्त वार्षिक/ सेमेस्टरको अवधि साधारणतया एक वर्ष र छ महिनाको हुने भएकोले अन्तिम वर्ष सेमेस्टर भन्नाले उक्त वर्ष सेमेस्टर भन्दा अघिल्लो वर्ष सेमेस्टरको परीक्षा सकिएको दिनदेखि एक वर्ष छ महिनाको अवधिसम्म मात्र मताधिकार रहने छ । एक वर्ष छ महिनाको समयाबधि पुगेका पूर्ण वा आंशिक तलबी इन्टर्नमा रहेका विद्यार्थीहरूको मताधिकार रहने छैन ।
१२- निर्वाचन तालिकाको क्रमसंख्या ६ र १२ नम्बर बुँदाको कार्यक्रम यथावत् हुने गरी आवश्यकता अनुसार क्याम्पस निर्वाचन समितिले निर्वाचन तालिकामा हेरफेर गर्न थप आचारसंहिता जारी गर्न र मतदानको दिन आवश्यक परेमा समय थप गर्न सक्नेछ ।
१३- स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको दिन क्याम्पस/ कलेज हाताभित्र स्वयं सेवकको व्यवस्थालाई पूर्ण रूपमा निषेध गरिएको छ ।
Comments
अरु समाचार
-
मंगलबारदेखि पोखरा-छेन्दु नियमित उडान हुने
काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने...
-
प्रचण्डलाई भेट्न राजेश हमाल खुमलटारमा
काठमाडौं । महनायक राजेश हमाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । प्रचण्ड सचिवालयका अनुसार...
-
इराकमा मृत्यु भएकी महिलाको शव नेपाल ल्याउन पहल गर्न सांसद सोपकोटाको माग
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा रोजगारीका लागि इराकमा मृत्यु भएकी महिलाको शव नेपाल ल्याउन विषयमा पहल गर्न सरकार सँग माग...
-
ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मङ्गलबार कुरा गर्ने योजना रहेको...
-
त्रिविका १७ वटा क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन नहुने
काठमाडौं । विद्यार्थी सङ्गठनको आपसी द्वन्द्वका कारण त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्गतका १७ वटा आङ्गिक क्याम्पसमा तोकिएको मितिमा स्वतन्त्र विद्यार्थी युनियन...
-
स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन मन्त्रालयको अनुरोध
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण रुपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गराउन अनुरोध...
-
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।...
-
दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का
काठमाडौं । दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का भएको छ । हाल मा कार्यरत थापा प्रहरी...
-
प्रहरीका महानिरीक्षक कुँवरसहित ९ प्रहरी अधिकारी भोलिवाट अनिवार्य अवकाशमा
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरसहित नौ जना उच्च अधिकारीले सोमबारदेखि अनिवार्य अवकाश सहित सेवाबाट विदा हुने भएका छन्...