चट्याङको चपेटामा ओखलढुङ्गाः १२ जनाको मृत्यु, २४ जना घाईते
काठमाडौं। ओखलढुङ्गामा चट्याङ लागेर १२ जनाको ज्यान गएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कअनुसार चट्याङले ६ वर्षको अवधिमा १२ जनाको ज्यान गएको हो ।
आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ सम्मको तथ्याङ्कअनुसार चट्याङ लागेर १२ जना मृत्यु र २४ जना घाइते भएका छन् । यस अवधिमा लाखौँको क्षति भएको तथ्याङ्क छ । पछिल्लो दुई वर्षमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । १० जनामा घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
चालु आवको साउनदेखि चैत मसान्तसम्म चट्याङका कारण तीनजना मानिस घाइते भएका छन् । यस अवधिमा १० वटा चौपायाको मृत्यु भएको छ । विभिन्न विद्युतीय उपकरणमा समेत क्षति भएको छ । गत आव २०८०/८१ मा ६ स्थानमा चट्याङ पर्दा दुईजनाको मृत्यु र सातजना घाइते भएका थिए ।
यस्तै तीन घर प्रभावित भएका थिए भने पाँचवटा चौपायाको मरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कमा उल्लेख छ । अन्य विपद्मा जस्तो चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि जिल्लाका स्थानीय तह र सरोकारवाला निकायले त्यति ध्यान दिएको देखिँदैन ।
चट्याङबाट बच्ने उपायबारे नागरिकमा आवश्यक ज्ञान नहुनु र चट्याङ रोकथामका लागि ‘अर्थिङ’ गर्नेलगायतका विधि अपनाउने गरिए पनि जिल्लामा यसको अभ्यास छैन । जिल्लामा सञ्चालित एफएम रेडियो र विद्युतीय उपकरण सञ्चालन गर्ने निकायहरूले बर्सेनि चट्याङबाट लाखौँको क्षति व्यहोर्दै आएका छन् ।
Comments
अरु समाचार
-
किरातीले ‘एयरपोर्ट बनाउनु टेम्पो चलाउनु जस्तो होइन’ भनेपछि !
काठमाडौं । पूर्वमन्त्री सुदन किरातीका प्रति धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खनिएका छन्। हर्क धरानमा बन्ने भनिएको एयरपोर्टको विषय झिकेर...
-
पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको चोरमारामा गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटो हुँदै सञ्चालनमा आएका...
-
खुकुरी प्रहार गरेर श्रीमतीको हत्या
काठमाडौं । झापामा खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । आफ्नै श्रीमती ३४ वर्षीया विटी...
-
पत्रकार शिव भट्टराई भोजपुरेलाई सुन्दरहरैंचा उद्योग वाणिज्य संघले गर्यो सम्मान
विराटचोक । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको २६ औं साधारणसभाको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई विशेष सम्मान गरिएको छ। पत्रकारिता क्षेत्रमा...
-
त्रियुगा नदिले बस बगायो…
काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई–बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदीमा बाढीले बस बगाएको छ । सोमबार राति सिवाईबाट...
-
‘चोकै पिच्छे सहिद गेट बनाउँनेले झापामा बनेको बिजनेश टावरको विरोध नगर्नु’
काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश कुमार भट्टराईले झापामा बनेको भ्युटावरालाई लिएर गीत गाँउने गरेको बताएका छन्...
-
चट्याङ लागेर एक बालकको मृत्यु
काठमाडौं । उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी...
-
धनकुटामा बस दुर्घटनाः एकजनाको मृत्यु, १४ जना घाइते
काठमाडौं । धरानबाट भोजपुर जाँदै गरेको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको छ । आज बिहान १०ः१५ बजेतिर कोशी लोकमार्ग अन्र्तगत...
-
कक्षा १२ को परीक्षामा ७३ वर्षीया हजुरआमा पनि सहभागि
काठमाडौं । आजबाट सुरु भएको कक्षा १२ को वार्षिक परीक्षामा काठमाडौं तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा...