ताजा समाचार

संखुवासभाबाट हिले जाँदै गरेको जीप अरुण नदीमा खस्यो

काठमाडौं । संखुवासभाको खाँदबारीबाट हिलेतर्फ जाँदै गरेको जीप अरुण नदीमा खसेको छ ।

आज दिउँसो करिब ३ बजेको समयमा यात्रु लिएर संखुवासभाको सदरमुकाम खाँदबारीबाट धनकुटाको हिलेतर्फ जाँदै गरेको जीप अनियन्त्रीत भएर अरुण नदिमा खसेको बताईएको छ ।

दुर्घटना स्थल पुगेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी दक्षकुमार बस्नेतका अनुसार जिप सोमबार दिउँसो पौने ३ बजे धर्मदेवी नगरपालिका–८ सुर्तीबारीमा पैदलयात्रीलाई ठक्कर दिएपछि गाडी अनियन्त्रित भएको थियो ।

गाडी अरुण नदीमा डुबिसकेको छ । गाडीमा सवार तीन जनाको उद्धार गरिएको बस्नेतले बताए । कति नम्बरको, कहाँको गाडी भन्ने अझै पत्ता लाग्न नसकेको उनले बताए । दुर्घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org