भारतीय ‘एयरस्पेस’ पाकिस्तानी विमानका लागि बन्द
काठमाडौं । पहलगाममा आतंकबादी आक्रमणपछि भारत र पाकिस्तान बिच तनाब बड्दो अवस्थामा रहेको छ । त्यहि अवस्थामा दुवै देश बिच जुनसुकै समयमा युद्धको सुरुवात हुन सक्ने अनुमानहरु भइरहेका छन् ।
दुवैदेश बिच बढ्दो तनाबका बीच बीच भारतले बुधबारदेखी पाकिस्तानी विमानका लागि आफ्नो ‘एयरस्पेस’ हवाई क्षेत्र बन्द गरेको जनाएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार यो बन्द १ मेदेखि २३ मेसम्म लागू हुनेछ। यस सम्बन्धमा बुधबार साँझ एयरपोर्ट्स अथोरिटी अफ इन्डिया (एएआई)ले एक नोटम(नोटिस टू एयरमेन) जारी गरेको छ ।
यो बन्द पाकिस्तानमा पञ्जिकृत विमान, पाकिस्तानी एयरलाइन्स र अपरेटरका तर्फबाट चल्ने, यसको स्वामित्व, या भाडामा दिइएका विमान भारतीय हवाई क्षेत्रमा प्रवेश गर्न पाउने छैनन् ।
यो प्रतिबन्द पाकिस्तानी सैन्य विमानमा पनि लागू हुने एक वरिष्ठ सरकारी अधिकारीले पीटीआईसँग भनेका छन् ।
भारत र पाकिस्तानबीच सिधा उडान छैन । पाकिस्तानी एयरलाइन्स सिंगापुर, मलेशिया र अन्य पूर्वी एशियाली देशमा आफ्नो उडानका लागि भारतीय हवाई क्षेत्रको प्रयोग गर्छन् ।
२२ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणपछि पाकिस्तानविरुद्ध भारतले २३ अप्रिलमा कयौं कदम उठाएको थियो । यसमा सिन्धु जल सम्झौता निलम्बित, अटारीमा एक मात्र सञ्चालनमा रहेको क्रसिङ बोर्डर बन्द र राजनीतिक सम्बन्धलाई कम गरिएको थियो ।
यसको जवाफमा पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्दै तेस्रो देशमार्फत् भारतसँगको सबै व्यापार सम्बन्ध निलम्बित गरेको थियो ।
सिन्धु जल सम्झौतालाई लिएर पाकिस्तानले यदि पानी रोकियो भने त्यसलाई युद्धको सुरुवात मानिने चेतावनी दिएको छ ।
Comments
अरु समाचार
-
आपतकालीन गेट नखुल्दा बसभित्रै पाँच जनाको यात्रुको जलेर मृत्यु !
काठमाडौं । छिमेकी मुलुक भारतको लखनउमा बिहीबार बिहान एउटा गुडिरहेको स्लिपर एसी बसमा आगलागी हुँदा पाँच जना यात्रुको जलेर मृत्यु...
-
संसारका सबैभन्दा गरिब पूर्वराष्ट्रपतिको ८९ वर्षमा निधन !
काठमाडौं । ‘विश्वमै सबैभन्दा गरिब राष्ट्रपति’ भनेर परिचित ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको...
-
ट्रम्प र साउदी राजाबीच इतिहासकै ठूलो रक्षा सम्झौता !
वासिङ्टन डीसी । अमेरिका र साउदी अरबले एक खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड...
-
बंगलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु !
काठमाडौं । बंगलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ। स्थानीय स्रोतका अनुसार आइतबार...
-
रुस-युक्रेन युद्ध आज ११७४ दिन पूरा: ७३ नेपालीको मृत्यु, ५० जनाको रिपोर्ट आउँन बाँकी
काठमाडौं । २४ फेब्रुअरी २०२२मा सुरु भएको रुस युक्रेन युद्धबिचको युद्ध आज ११७४ दिन पूरा भएको छ । उक्त भयानक...
-
अमेरिका र चीनबीच आयातमा लगाइएको कर घटाउने सम्झौता
वासिङ्टन डीसी । अमेरिका र चीन एकअर्काका आयातमा लगाइएका कर अस्थायी रूपमा घटाउन सहमत भएका छन्। अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले...
-
छत्तीसगढमा बस र ट्रक ठोक्किँदा १३ जनाको मृत्यु, १४ जना घाइते !
काठमाडौं । भारतको अवस्थित छत्तीसगढ राज्यमा आइतबार राति बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।...
-
भारत–पाकिस्तान तनावका कारण बन्द भएका विमानस्थल खुल्न थाले !
काठमाडौं । भारतले पाकिस्तानसँगको तनावका कारण बन्द गरेका ३२ विमानस्थल खुला गरेको छ। सोमबार भारतको नागरिक उड्डयन प्राधिकरणले बन्द गरिएका...
-
एम्बाप्पेको ह्याट्रिकका बाबजुद रियल मड्रिड हार्यो, बार्सिलोना उपाधि नजिक !
काठमाडौं । यूरोपमा जारि स्पेनिस ला–लिगाको सर्वाधिक महत्त्वपूर्ण खेल मानिने ‘एल क्लासिको’ मा पुनः बार्सिलोनाले बाजि मार्दा यो पटक रियल...