रेशमको पक्राउबारे जवाफ नदिए सरकारबाट बाहिरिने नाउपाको चेतावनी
काठमाडौं । रेशम चौधरीको पक्राउबारे सरकारले जवाफ नदिए नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
आज, सोमबार बसेको प्रतिनिधि सभाको बैठकको बिशेष समयमा बोल्दै नाउपाका सांसद लालबीर चौधरीले आफ्नो पार्टीका नेता रेशम चौधरीलाई अपहरणको शैलीमा पक्राउ गरिएको भन्दै यसबारे सरकारसँग जवाफ माग गरेका छन् ।
उनले रेशमलाई फर्जी पत्र बनाएर पक्राउ गराउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने विषयमा सरकारले कुनै कदम नचालेको भन्दै आपत्ति जनाए ।
उनले तत्कालै त्यसबारे सरकारले जवाफ नदिए आफूहरू सरकारबाट बाहिरिएर विरोधमा उत्रिने बताए। उनले रेशम पक्राउबारे सरकारले अहिलेसम्म जवाफ नदिएको बताए । सांसद लालबीरले भोलिसम्म पनि प्रधानमन्त्री वा गृहमन्त्रीबाट कुनै जवाफ नआए सरकारबाट बाहिरिने चेतवनी दिएका छन् ।
उसोतः नाउपा रेशम चौधरी पक्राउ पर्ने बित्तिक्कै सरकार छाड्ने भने पनि रेशम छुटेपछि रोकिएको थियो ।
Comments
अरु समाचार
-
सांसद भट्टचनको पहलमा दामोदरकुण्ड र गुरुसाङ्वो गुफा पदमार्गमा दुई झोलुङ्गे पुल बन्ने !
काठमाडौं । संघीय सांसद देवीप्रकाश भट्टचनको पहलमा मुस्ताङ जिल्लाका दुई महत्वपूर्ण धार्मिक पदमार्गहरूमा झोलुङे पुल निर्माण हुने भएको छ। सांसद...
-
विनयी खोलाको डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
काठमाडौं । सोमबार राति परेको पानीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्ड अवरुद्ध भएको छ । बाढीले विनयी त्रिवेणी गाउँपालिकाको...
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
काठमाडौं । यस वर्षको वर्षायामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौंवासीका घरघरमा वितरण हुने खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन् ।...
-
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो वर्षा
काठमाण्डौ । नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै नवलपरासी पूर्वमा...
-
लार्चामा ह्युम पाइप बगाउँदा तातोपानी नाका ठप्प !
काठमाडौं। सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–३ लार्चामा राखिएको ह्युम पाइप बगाउँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय कोदारीका...
-
पहिरोले कालिगण्डकी कोरिडोर अवरुद्ध
काठमाडौं । पहिरोले कालिगण्डकी कोरिडोर अवरुद्ध भएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बर्लबास्थित कालिगण्डकी कोरिडोर सडकको गुल्मी खण्डमा आज...
-
इजरायल पुगेका मेयर कोइराला उतै फसेपछि…
काठमाडाैं । इजरायलको औपचरिक निमन्त्रणा मान्न त्यहाँ पुगेका विराटनगरका मेयर नागेश कोइराला जारी युद्धका कारण इजरायलमै फसेका छन् । इजरायलले...
-
सर्वोच्चका लागि प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरी आह्वान
काठमाडाैं । सर्वोच्चका लागि प्रस्तावित तीन न्यायाधीशविरुद्धको उजुरी आह्वान गरिएको छ । संघीय संसदको संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि...
-
अग्नि सापकोटा र भिजिट भिसा प्रकरणमा प्रचण्डः वाहियात कुप्रचार चलिरहेको छ
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद खुलाउनका लागि सत्तारुढ दल कांग्रेस-एमालेसंग भएको सहमति आफ्नो पार्टीका...