रेशमको पक्राउबारे जवाफ नदिए सरकारबाट बाहिरिने नाउपाको चेतावनी
काठमाडौं । रेशम चौधरीको पक्राउबारे सरकारले जवाफ नदिए नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
आज, सोमबार बसेको प्रतिनिधि सभाको बैठकको बिशेष समयमा बोल्दै नाउपाका सांसद लालबीर चौधरीले आफ्नो पार्टीका नेता रेशम चौधरीलाई अपहरणको शैलीमा पक्राउ गरिएको भन्दै यसबारे सरकारसँग जवाफ माग गरेका छन् ।
उनले रेशमलाई फर्जी पत्र बनाएर पक्राउ गराउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने विषयमा सरकारले कुनै कदम नचालेको भन्दै आपत्ति जनाए ।
उनले तत्कालै त्यसबारे सरकारले जवाफ नदिए आफूहरू सरकारबाट बाहिरिएर विरोधमा उत्रिने बताए। उनले रेशम पक्राउबारे सरकारले अहिलेसम्म जवाफ नदिएको बताए । सांसद लालबीरले भोलिसम्म पनि प्रधानमन्त्री वा गृहमन्त्रीबाट कुनै जवाफ नआए सरकारबाट बाहिरिने चेतवनी दिएका छन् ।
उसोतः नाउपा रेशम चौधरी पक्राउ पर्ने बित्तिक्कै सरकार छाड्ने भने पनि रेशम छुटेपछि रोकिएको थियो ।
Comments
अरु समाचार
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
टी–२० विश्वकपको ट्रफी टुर नेपालमा जनवरी पहिलो साता हुने !
काठमाडौं । भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि सुरु हुन लागेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर...
-
कपडा सुकाउने क्रममा करेन्ट लाग्दा घट्याे दुखद घटना !
काठमाडौं । कञ्चनपुर बेलौरी नगरपालिका–७ पौलाहमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । आफ्नै घरमा धोएको कपडा सुकाउने...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...











