जन्ते भोज खाँदा १०० भन्दा बढि जन्ती अस्पताल भर्ना !
खाजामा बुनियाँ, रसबरी लगायतका मिठाइ खाँदा सबै बिरामी भएका हुन्
काठमाडौं । मधेश प्रदेशको धुनषा जिल्लामा घनुषाधाममा बिहे भोजमा खाजा खाँदा सय जनाभन्दा बढी बिरामी भएका छन् । जिल्लाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा भोज खाँदा जन्तीसहित सय जना भन्दा बढी बिरामी जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।
कार्यालय प्रमुख उमेश यादवका अनुसार राति जनकपुर उपमहानगरपालिका–२३ बिन्धीबाट ठेरा कचुरीमा जन्ती पुगेको थियो । स्वयम्बर सकिए लगतै खाजामा बुनियाँ, रसबरी लगायतका मिठाइ खाँदा सबै बिरामी भएका हुन् ।
खाजा खाएलगतै पेट दुख्ने, बान्ता हुने, कमजोर हुने क्रम चलेको घटनास्थलमा परिवारजन र बिरामीसँगको प्रतिक्रियापछि थाहा भएको प्रमुख यादवले जानकारी दिए । ४५ जना भन्दा बढी प्रादेशिक अस्पतालमा भर्ना भएको र अन्यको नजिकको क्लिनिक तथा अन्य अस्पतालमा उपचार भइरहेको प्रमुख यादवले बताए । केही भने उपचारपश्चात निको भएर घर समेत फर्किएका छन् ।
‘खाजामै प्वाइजन भएर बिरामी परेको हाम्रो अनुमान छ । घटनास्थल पुगेर हामीले खाजाको स्याम्पल ल्याएका छौं । ल्याबमा परीक्षण गरेर के कारणले भएको हो भन्ने पुष्टि हुन्छ,’ यादवले भने ।
Comments
अरु समाचार
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...












