छत्तीसगढमा बस र ट्रक ठोक्किँदा १३ जनाको मृत्यु, १४ जना घाइते !
काठमाडौं । भारतको अवस्थित छत्तीसगढ राज्यमा आइतबार राति बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । घटनामा अन्य १४ जना घाइते भएका भारतिय सञ्चार माध्यमले जनाएका छन् ।
राज्यको राजधानी रायपुर नजिकै शनिबार राति ११ बजे दुर्घटना भएको हो । आफन्तको घरमा आयोजित एक कार्यक्रममा सहभागी भएर घर फर्कँदै गर्दा उक्त दुर्घटना भएको थियो । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
छत्तीसगढ राज्यका पूर्व मुख्यमन्त्री भूपेश बघेलले हालैका वर्षहरूमा छत्तीसगढमा सडक दुर्घटनाको सङ्ख्यामा वृद्धि भएको बताउँदै राज्य सरकारलाई यस्ता दुर्घटनाहरू रोक्न र मानव जीवन बचाउन कदम चाल्न आग्रह गरे।
Comments
अरु समाचार
-
A day in the life of a Russian diplomat in Kathmandu
Kathmandu- This year, Russia marks Diplomatic Workers’ Day on 10 February, as Russia and Nepal celebrate 70 years of diplomatic relations....
-
घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु
काठमाडाैं । अस्ट्रेलियाको पर्थ सहरमा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । नेपालबाट पारिवारिक भ्रमणमा आएकी विष्णुमाया गुरुङको...
-
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा साढे ७ वर्षको जेल सजाय
काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ । उनका...
-
कोइलाखानी विस्फोटमा दाजुभाइको मृत्यु
काठमाडौं । भारतको उत्तर पूर्वमा पार्ने मेघालय राज्यको एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका एकै घरका २ दाजुभाइको...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...











