‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’
काठमाडौं । अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मी) मा पहिलो पटक मानव पाइला टेकेको ७५ वर्ष पूरा भएको अवसरमा यहाँ हीरक महोत्सव आयोजना हुने भएको छ ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा यही जेठ १६ देखि २१ गते ‘अन्नपूर्ण हीरक महोत्सव’ हुने भएको हो ।
आधार शिविरबाट सुरु हुने म्याराथन प्रतियोगिताको उद्घाटनसँगै मूल समारोह आयोजना हुने गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । उनका अनुसार आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावारण गरिनुका साथै आधार शिविरमा निर्माण भएको खुला सङ्ग्रहालय र नारच्याङबाट आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग उद्घाटनसमेत हुनेछ ।
अन्नपूर्ण हिमाल आरोहण नेपालको पर्वतारोहण इतिहासमा ऐतिहासिक दिनका रूपमा परिचित छ । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पा गरी चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए । पहिलोपटक अन्नपूर्ण हिमालको आरोहण गर्न प्रयोग भएको आधार शिविर र पदमार्ग म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्दछ ।
आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा यही जेठ १६ देखि २१ गतेसम्म अन्नपूर्ण हीरक महोत्सव आयोजना गरिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले जानकारी दिइन् । उनका अनुसार गाउँपालिकाको नेतृत्वमा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान), अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको आयोजनामा महोत्सव हुनेछ ।
हीरक महोत्सवमा प्रथम आरोही फ्रान्सेली नागरिक हर्जोगका छोरो माथिएस हर्जोगसहित फ्रान्सेली आरोही, विभिन्न देशका राजदूतलगायतले सहभागिता जनाउने उपाध्यक्ष पुनले जानकारी दिइन् । माथिएस हर्जोग गत कार्तिकमा ७५ वर्ष अघि आफ्ना बुबा हिँडेको बाटो हिँडेर अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुगेर फकिएका थिए । अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र नारच्याङमा विविध कार्यक्रमसहित मनाउन लागिएको हीरक महोत्सव व्यवस्थापनका लागि वडा नं ४ को वडा कार्यालय, सिर्जनशील आमा समूह, जनजागरण युवा क्लब, अन्नपूर्ण युवा क्लबलाई जिम्मेवारी दिइएको छ ।
आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये अन्नपूर्णमा पहिलो मानव पाइला परेको कारण अन्नपूर्णलाई जेठो हिमाल पनि भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका हर्जोग र लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।
सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तह बनेपछि अन्नपूर्ण गाउँपालिकाले उक्त आधार शिविर र आरोहण पदमार्गको प्रचारप्रसार, पूर्वाधार निर्माण, सरकारी अभिलेख राख्नेलगायत काम गर्दै आएको छ ।
हीरक महोत्सवका मुख्य आकर्षण
अन्नपूर्ण हीरक जयन्तीको अवसरमा ३० किलोमिटर दूरीको म्याराथन दौड प्रतियोगिता हुने भएको छ । आधार शिविरबाट नारच्याङ गाउँसम्मको म्याराथन प्रतियोगितामा करिब ६० जनाले सहभागीता जनाउने भएका छन् ।
अन्नपूर्ण गाउँपालिकाका आठ वटै वडाबाट पाँच/पाँच, जिल्लाका अन्य पाँच स्थानीय तहबाट दुई/दुई जना र नारच्याङ क्षेत्रबाट थप युवाहरूले म्याराथनमा भाग लिने दौड प्रतियोगिता उपसमितिका सदस्य चित्र तिलिजाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार पुरस्कार प्रदान गरिनेछ ।
उक्त अवसरमा आधार शिविरमा शिलाखेलमा आरोहीहरूको अभिलेख राख्ने तयारी गरिएको अन्नपूर्ण गाउँपालिका अन्तर्गत पर्यटन विकास समितिका सदस्य एवं अन्नपूर्ण प्रथम आधार शिविर पदमार्गका अभियन्ता तेज गुरुङले बताए । नारच्याङमा हुने मूल समारोहमा अन्नपूर्ण गाउँपालिकाका आठ वटै वडाको सहभागितामा पुख्र्यौली नृत्य तथा झाँकी प्रदर्शनी, खुला नृत्य प्रस्तुतिसँगै अन्नपूर्ण हिमालका विदेशी तथा नेपाली आरोही, हिमालको प्रचारप्रसारमा योगदान दिने व्यक्तित्वलाई सम्मान तथा पुरस्कार वितरणलगायत कार्यक्रमलाई समावेश गरिएको आयोजकले जनाएको छ ।
हीरक महोत्सवको अवसरमा प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरण उहाँका परिवारबाट ग्रहण गरी नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण गर्ने र हर्गोजले लेखेर फ्रान्सेली राजदूतावासले अनुवाद गरेको पुस्तक ‘द अन्नपूर्ण’ को विमोचन गर्ने कार्यक्रम समेत तय भएको गाउँपालिकाका अध्यक्ष पुनले जानकारी दिए ।
गुमनाम पहिचान स्थापित गराइने
म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा अवस्थित अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र मुख्य आधार शिविर म्याग्दीको अन्नपूर्ण–४ नारच्याङको भूगोलमा परे पनि म्याग्दीले अहिलेसम्म अन्नपूर्ण प्रथमको पहिचान र आरोहण रोयल्टीमा सङ्घर्ष गरिरहनुपरेको गाउँपालिकाका अध्यक्ष पुनले उल्लेख गरे ।
अन्नपूर्ण आरोहणका लागि प्रयोग हुने आधार शिविर म्याग्दीको भूगोलमा पर्ने भएपनि यो क्षेत्र ओझेलमा परेकाले पालिकाले अभियानका रूपमा पूर्वाधार निर्माण गरिरहेको भन्दै यस क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्र्रवद्र्धनका लागि हीरक महोत्सव आयोजना गरिएको उनले जानकारी दिए । नेपालमा हिमाल आरोहणको इतिहास बोकेको मौरिस हर्जोग पदमार्गको पहिचान र प्रचारप्रसारसँगै पर्यटन प्रवर्द्धनका लागि महोत्सवले रचनात्मक भूमिका खेल्ने उनको बिश्वास छ ।
अनुपम पर्यटकीय सौन्दर्य
अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग अनुपम पर्यटकीय सौन्दर्यले भरिपूर्ण छ । आधार शिविरमा रहेको मनमोहक पञ्चकुण्ड ताल र फुतफुते झरना पर्यटकहरूको आकर्षण बन्ने गरेका छन् । प्राकृतिक सौन्दर्य र जैविक विविधतायुक्त भूगोल अन्नपूर्ण पदमार्गका मुख्य आकर्षण हुन् ।
हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरिएको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङको नेतृत्वमा यस पदमार्ग पहिचान गरिएको थियो । पदमार्गको पहिचान गरी पदमार्ग, आश्रयस्थल, तिया पसल (टिसप), होटललगायत पूर्वाधार बनेर प्रचारप्रसार हुन थालेपछि अहिले पो पदमार्गको पहिचान स्थापित भएको छ ।
दुई दिनको यात्रामा पुग्न सकिने यस पदमार्गअन्तर्गत पोखरेबगरबाट हुमखोलासम्मको २० किमी दूरीमा सडक तथा यातायातको पहुँच विस्तार भएको छभने हुमखोलाबाट १६ किमी दूरीमा पदमार्ग निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष पुनले जानकारी दिए ।
हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्न सहज पदमार्ग बनेपछि अहिले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ । पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न अभियान सार्थक बन्दै गएको गाउँपालिका कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार !
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट...
-
बालेन शाहले मेयर पदबाट राजीनामा नदिई घण्टीघर प्रवेश गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजिनामा दिएर औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने...
-
कांग्रेस आधिकारिकता विवाद : देउवा समूहको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेलाई तोकियो पेसी
काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
चुनावअघि नै रवि प्रधानमन्त्री हुने चलखेल, सुशीला कार्कीलाई हटाइने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विभिन्न मुद्धाहरु फिर्ता भएसँगै प्रधानमन्त्री बन्ने सुरमा लागेको बुझिएको छ...
-
प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई लाख सुरक्षाकर्मी परिचालन हुने
काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे...
-
गायक प्रशान्त तामाङको निधन
काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनको ४२ वर्षको उमेरमा आज दिल्लीमा निधन भएको संगीतकार...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...











