ताजा समाचार

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । लुम्बिनी प्रदेशसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

छैठौं अधिवेशनको आठौं बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित गरेको हो ।

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । ध्वनिमतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

विगत दुई दिनदेखि प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल चलेको थियो ।दुई दिनसम्म चलेको छलफलमा ४० जना प्रदेश सभा सदस्यले सुझावसहित धारणा व्यक्त गरेका थिए ।

प्रदेश सरकारले प्रदेशको समग्र विकास गर्ने गरी कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेको मुख्यमन्त्री आचार्यको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org