ताजा समाचार

रविको मुद्धामा सर्वोच्चको त्रुटि, सच्याउन आजै पेशी तोकियो !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा भएको आदेशमा त्रुटि देखिएको छ ।

सहकारी ठगी मुद्धामा शुक्रबार सर्वोच्च अदालतले लामिछानेलाई थुना मुक्त नगर्न आदेश दिएको थियो । सोहि मुद्धामा लामिछानेलाई पुर्पक्षमा जेल चलान गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्चले शुक्रबार सदर गरेको थियो । तर, लिखित आदेश सार्वजनिक हुँदा ‘आदेश’ नलेखेको ‘फैसला’ लेखिएपछि सच्याउनका लागि आइतबार पेशी तोकिएको हो ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुबेदीको इजलासले गरेको आदेश सच्याउन उनीहरुकै इजलासमा आजैका लागी पेशी तोकिएको छ ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता समेत रहेका उपरजिष्ट्रार निराजन पाण्डेले आदेश हुनुपर्नेमा फैसला भनेर उल्लेख भएका कारण त्यसलाई सच्याउनका लागि पेशी तोकिएको नेपाल प्रेससँग बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org