ताजा समाचार

आज घट्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सोमबार सुनको मूल्य ७०० रुपैयाँले घटेको छ।

नेपाल–सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ७ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ९१ हजार १०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन आइतबार ४ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको थियो।

यसैगरी चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला २ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org