रवि र छविको मुद्दामा आज पेसी !
काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दाको पेसी आज तोकिएको छ ।
बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको साप्ताहिक पेसी आज परेको हो ।
दुवैले बिगो बराबरको रकम धरौटी बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै दिएको निवेदन दिएका थिए । सो मुद्धाको सुनुवाई आज हुन लागेको हो । पटक–पटक स्थगित हुँदै आएकाले आजको पेसी पनि सुनुवाइ हुने वा नहुने यकिन छैन ।
यसअघि मंसिर २५ गते तोकिएको पेसी ‘हेर्न नमिल्ने’ परेपछि स्थगित भएको थियो। त्यसअघि मंसिर ११ गतेको पेसी भने लामिछाने पक्षका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो।
हालसम्म रवि लामिछानेतर्फबाट दुई पटक र छविलाल जोशी तर्फबाट एक पटक पेसी स्थगित गरिएको छ। लामिछाने र जोशीको यो पेसी कात्तिक १३ गतेयता निरन्तर सातौं पटकको हो।
कानुनअनुसार एउटै मुद्दामा पक्ष र विपक्ष दुवैबाट अधिकतम दुई(दुई पटक मात्र पेसी स्थगित गर्न पाउने व्यवस्था छ। यस मुद्दामा सरकारी पक्षबाट भने कुनै पनि पटक पेसी स्थगित भएको छैन । बिहीबारको पेसी गत १३ गतेपछि निरन्तर सरिरहेको छ ।
Comments
अरु समाचार
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...
-
एमाले महाधिवेशनः अध्यक्षमा ओली र महासचिवमा पोख्रेल विजयी !
काठमाडाैं । नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन् । भने शंकर पाेखरेल दाेस्राे पटक महासिचव...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
सचिवमा महेश बस्नेत सबैभन्दा अगाडि, त्यसपछि पद्माकुमारी !
काठमाडाैं । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना जारी छ । भृकुटीमण्डपमा जारी मतगणना अहिलेसम्म सचिव...
-
एमाले महाधिवेशनः शंकरले ६१३ मत पाउँदा, सुरेन्द्रकाे कति ?
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा महासचिवमा प्रतिस्पर्धा देखिएको छ । निर्वाचन आयोगले घोषणा गरेको पछिल्लो...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर र सुरेन्द्रबीच कडा टक्कर !
काठमाडाैं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट छानिने महासचिवमा कडा चुनावी प्रतिस्पर्धा देखिएको छ । शंकर पोखरेल र सुरेन्द्र पाण्डे...
-
अध्यक्षमा ओली ईश्वरभन्दा तेब्बर मतले अगाडि
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा मतगणना भइरहेको छ । अहिलेसम्म गणना भएअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली अगाडि छन्...












