केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ‘इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि’ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको जनाएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै केही व्यक्ति वा कम्पनीले निजी स्वार्थका लागि भ्रामक सूचना सम्प्रेषण गराएको भन्दै उक्त भ्रममा नपर्न आफ्ना ग्राहकलाई आग्रह गरेको हो ।
कम्पनीले केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको बिक्री वितरणमा अवरोध पुर्याउने, वारेन्टी तथा अफ्रटर सेल्सको सुबिधाबाट बन्चित गराउने नियतका भ्रामक समाचार/विज्ञापन सम्प्रेषण गर्दै अन्योल सृजना गरिएको प्रति गम्भीर आपत्ति जनाएको छ ।
उक्त तथ्यहीन भ्रामक सूचनाको पछि नपरी ग्राहकले देशभरका इलेक्ट्रि ड्रिम्स मोबिलिटीका सेवा केन्द्रहरूबाट केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको बिक्री वितरण, वारेन्टी, स्पेयर्स र आफ्टर सेल्सका सम्पूर्ण सेवाहरू लिन सक्ने कम्पनीले जनाएको छ ।
देशभर कम्पनीका सेवा केन्द्रहरू धनगढी, सुर्खेत, नेपालगंज, दाङ, बुटवल, पोखरा, काठमाडौं, भक्तपुर, वीरगंज, लहान, इटहरी, बिर्तामोडमा रहेका छन् । इलेक्ट्रि ड्रिम्स मोबिलिटीले २१ जुलाइ २०२५ देखि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यान बिक्री वितरण गर्दै आएको छ ।
Comments
अरु समाचार
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते
उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हावाहुरीले मृत्यु हुनेमा...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित...












