सुडानमा बड्दो हिंसाको प्रभाव, ४६ लाख व्यक्तिलाई मानवीय सहायताको खाँचो
संयुक्त राष्ट्रसंघ, २९ असार । सुडानमा पछिल्लो समयमा हिंसा झनै बढेको समाचार छ । यस हिंसाका कारण सुडानमा लाखौँ लाख नागरिकलाई आधारभूत आवश्यकतामा नै कमी भएको बताइएको छ ।
सुडानमा कम्तीमा पनि ४६ लाख नागरिकलाई यस्तो सहायताको खाँचो पर्ने जनाइएको छ । सो खाँचो बमोजिम उनीहरुलाई ठूलो रकम पनि आवश्यक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
संयुक्त राष्ट्रसंघले सन् २०१६ को लागि सुडानलाई आवश्यक पर्ने खाद्यान्न सहितको आवश्यकताको बारेमा प्रतिवेदन सार्वजनिक गरेको छ ।
उक्त प्रतिवेदनमा मानवीय आवश्यकताको बारेको योजना पनि मङ्गलबार सार्वजनिक गरिएको समाचारमा जनाइएको छ ।
सो प्रतिवेदनअनुसार सुडानमा मानवीय ४६ लाख व्यक्तिको लागि मानवीय सहायताको आवश्कता परेको संयुक्त राष्ट्र संघले जानाइएको छ ।
ती व्यक्तिहरुको लागि ९ करोड ५२ लाख अमेरिकी डलर बराबरको रकम आवश्यता परेको संयुक्त राष्ट्रसंघीय प्रवक्ता स्टेफन डुजारिकले समाचारदताहरुलाई बताउनु भएको छ ।
यो सङ्ख्यामा २२ लाख सुुडानभित्र विस्थापित व्यक्तिहरु पनि परेका छन् । महिला पुरुष, शरणर्थी र आन्तरिक विस्थापित व्यक्तिहरुले सहयोगको आशा राखेका सुुडानका संयुक्त राष्ट्रसंघीय मानवीय संयोजक निइमा अल ग्याससेरले बताउनु भएको छ ।
बताइएअनुसार राष्ट्रसंघले विश्वका दाताहरुलाई पनि यसमा सघाउ पुर्याउन आह्वान गरिरहेको छ । रासस/सिन्ह्वा
Comments
अरु समाचार
-
टिकटकले हटायो छ हजार ७८ भिडियो
काठमाडौँ : टिकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोष्ट गरेका छ हजार ७८ भिडियो हटाइएको छ । अप्रिल र...
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
टिकटक माथिकाे प्रतिबन्ध हटाउन इन्टरनेट सेवाप्रदायकलाई दूरसञ्चारकाे निर्देशन
काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा लगाइएको प्रतिबन्ध आधिकारिक रूपमा हटाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाइएको रोक हटाउन सम्बन्धित...
-
काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
काठमाडौं । हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव...
-
भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक
काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । विसं २०६८ असोज ६...
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका...
-
सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र...
-
आज राष्ट्रिय सूचना दिवस: सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा जोड
काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास...