रेडियोमा आश्रय लिएका आइएसका उच्चस्तरीय कमाण्डर पनि मारिए
जलालावाद, ३० असार । आतङ्कवादी सञ्जाल इस्लामिक स्टेट्स, आइएसले अफगानिस्तानको पूर्वी प्रान्त नान्गारमा सञ्चालन गरिरहेको एक रेडियो स्टेशन हवाई आक्रमणमा परी ध्वस्त भएको समाचार छ ।
अफगानिस्तानको सेना र प्रहरीले बिहीबार बिहान गरेको हवाई कारबाहीका क्रममा ती कमाण्डर मारिएका हुन् ।
नान्गार प्रान्तको आचिन जिल्लामा सो रेडियो स्टेशन आइएसले सञ्चालन गरिरहेका थिए । बिहीबार बिहान भएको मानवरहित हवाई हमलामा सो स्टेशन ध्वस्त बनाइएको समाचारमा जनाइएको छ ।
उक्त स्टेशनमा रहेको आशङ्का गरिएका केही हतियारधारी आतङ्ककारीहरु पनि मारिएको सो समाचारमा उल्लेख गरिएको छ ।
अफगानिस्तानको टोलो टेलिभिजनले बिहीबार बिहान दिएको समाचारमा सो रेडियो स्टेशनमा लुकेर बसेका ठानिएको आइएसका उच्चस्तरीय नेता पनि मारिएका छन् ।
उक्त रेडियोका प्राविधिकका साथै ती आतङ्ककारी मारिएको समाचारमा जनाइएको छ ।
थानीय सञ्चारमाध्यमहरुले सो रेडियोमा केही उच्चस्तरीय आइएस कमाण्डरहरु प्राविधिकको भेषमा लुकेर बसेको आशङ्कामा सो हमला गरिएको जनाएका छन् ।
चीनको नान्गार प्रान्तका प्रान्तीय प्रवक्ता अताउल्लाह खोगियानीले सो समाचारको पुष्टि गर्नुभएको छ ।
उहाँले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जानकारी दिनुभएको छ । सो क्षेत्रमा हाल प्रहरीले नियन्त्रण गरी क्षतिको खोजी थालेको पनि उहाँले जानकारी दिनुभएको छ ।
आइएसले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । रासस/सिन्ह्वा
Comments
अरु समाचार
-
टिकटकले हटायो छ हजार ७८ भिडियो
काठमाडौँ : टिकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोष्ट गरेका छ हजार ७८ भिडियो हटाइएको छ । अप्रिल र...
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
टिकटक माथिकाे प्रतिबन्ध हटाउन इन्टरनेट सेवाप्रदायकलाई दूरसञ्चारकाे निर्देशन
काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा लगाइएको प्रतिबन्ध आधिकारिक रूपमा हटाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाइएको रोक हटाउन सम्बन्धित...
-
काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
काठमाडौं । हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव...
-
भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक
काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । विसं २०६८ असोज ६...
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका...
-
सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र...
-
आज राष्ट्रिय सूचना दिवस: सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा जोड
काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास...