ताजा समाचार

जन्ती बोकेको बस दुर्घटना हुँदा २६ को मृत्यु

images

इस्लामाबाद, १६ साउन । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरमा शनिबार बिहान विवाह समारोहको एक गाडी बाढीले बगाउँदा भएको दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको छ ।

उत्तरपश्चिम पाकिस्तानीको आदिवासी क्षेत्र खैबर प्रान्तका भएको यस दुर्घटनामा पहिला १५ जनाको मृत्यु भएको समाचार प्राप्त भएको थियो । बाढीमा बेपत्ता भएकाहरुमध्ये थप ११ जनाको शव फेला परेपछि सो सङ्ख्या २६ पुगेको हो ।

खैबर प्रान्तको लन्दी कोताल इलाकाको बजार जखाखेल पहाडी इलाकामा चालकले नियन्त्रण गुमाउँदा विवाह समारोहका ३० पाहुना सवार रहेका यो गाडी बाढीमा पर्न गई बगाएको समा समाचार संस्थाले जानकारी दिएको थियो ।

सो दुर्घटनामा १८ बालबालिका छ महिला र दुई पुरुषको मृत्यु भएको जनाइएको छ । अन्य तीन पुरुष घाइते भएका र एक व्यक्ति अझै वेपत्ता रहेको जनाइएको छ ।

दुहला समूहको विवाह भोजमा सहभागि भएर बारा क्षेत्रबाट बजार जखाखेल क्षेत्रमा गइरेहेको सो गाडी बाढीको भेलमा पर्नगई दुर्घटनाग्रस्त भएको थियो ।

अफगानिस्तानको सीमा क्षेत्रमा पर्ने यस प्रान्तमा भएको यस दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको परिवारजन र घाइतेलाई पकिस्तानी प्रधानमन्त्री नवाज सरिफले गहिरो दुःख र शोक प्रकट गर्नुभएको छ ।

त्यसैगरी प्रधानमन्त्रीले राष्ट्रिय प्रकोप व्यवस्थान निकाय ९एनडीएमए०का अधिकारीलाई घाइतेहरुलाई प्रभावकारी उपचार गराउन लागि आदेश दिनुभएको छ ।

एनडीएमएका अनुसार पाकिस्तानमा जारी भारी वर्षाको कारण भएका छट्टाछुट्टै घटनामा यसै जुलाई महिनामा मात्र ५५ को मृत्यु हुनुको साथै ३५ घाइते भएका छन् । रासस÷सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org