ताजा समाचार

इटालीद्वारा छ हजार आप्रवासीको उद्धार

italyरोम (इटाली), १७ साउन । इटालीको नौसेनाले आइतबार ट्वीट गर्दै भनेको छ, बिहीबारदेखि शनिबारसम्मको उद्धार प्रयासबाट करिब छ हजार आप्रवासी शरणार्थीलाई असुरक्षित रुपमा माछा मार्ने डुङ्गामा समुद्रमा यात्रा गरिरहेको अवस्थाबाट उद्धार गरेको जनाएको छ ।

नौसेनाद्वारा लिबियाली साम्रद्रिक इलाकामा यात्रारत डुङ्गाहरुलाई हस्तक्षेप गरी सुरक्षित पानी जहाजमा राखी सुरक्षिस्थलतर्फ लगिएको छ ।

उद्धारका क्रममा पाँच जनालाई समुद्रबाट अचेत अवस्थामा उद्धार गरिएकोमा तीन जना होसमा आएका र दुई जनाको मृत्यु भएको इटालीको नौसेनाले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको जुलाई २८ मा सार्वजनिक तथ्याङ्कअनुसार यसवर्ष अफ्रिकी मुलुकबाट इटाली आइपुग्ने आप्रवासी सङ्ख्या ८९ हजार २१७ पुगेको छ ।

गत वर्षको सोही समयमा ९३ हजार अफ्रिकी आप्रवासी इटाली आइपुगेका थिए । –एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org