ताजा समाचार

अमेरिका– क्युबा वार्ता कठिन मोडमा

download (1)

 

हवाना, १८ साउन । क्युबा र अमेरिकाबीच पहिले एक आपसलाई दाबी गरेको खरबौँ
डलरको क्षतिपूर्ति मुद्दा सल्टाउन कठिन र पेचिलो भएको एक वरिष्ठ क्युबाली अधिकारीले बताएका छन ।

अमेरिकाले क्युबाउपर आर्थिक प्रतिबन्ध लगाएको अवधिभर राष्ट्रले तीन खर्ब अमेरिकी डलर बराबरको नोक्सान बेहोर्नु परेको भन्दै त्यसको क्षतिपूर्ति दाबी गरेको छ ।

जवाफमा अमेरिकाले पनि क्युबामा रहेको आफ्नो सम्पत्ति पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको पालाभरी राष्ट्रियकरण गरेको भन्दै यस बापत १० अर्ब अमेरिकी डलरको क्षतिपूर्ति माग दाबी गरेको छ ।

अमेरिका क्युबा वार्ताका लागि क्युबाली पक्षका टोली नेता उप विदेश मन्त्री अबेलार्दो मोरेनोले “क्युबाले एक पक्षीय समाधानका उपाय स्विकार गर्दैन” भन्नु भएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबोमाको पहलमा पुराना तिक्तताको अन्त्य गर्दै गतवर्ष मात्र सौँहार्द्र सम्बन्ध कायम गर्ने सहमति भएको थियो ।

क्युबासँग पुनस्र्थापना गर्न खोजिएको दौत्य सम्बन्धभित्र वातावरण, इमेल सेवा,सुरक्षा र सीधा हवाई सम्पर्क जस्ता आवश्यक पक्षहरुसमेत समेटिएका थिए ।

अहिले चलेको जुहारीले अमेरिका क्युबाबीच फेरी गाँसिन लागेको मित्रतानै धरापमा पर्न सक्ने आशङ्का गरिएको छ । रासस/सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org