ताजा समाचार

इराकी प्रधानमन्त्रीद्वारा भ्रष्टाचार आरोप लागेका अधिकारीको भ्रमणमा प्रतिबन्ध

Iraq

इराक, १९  साउन । इराकका प्रधानमन्त्री हैदर अल अवादीले राष्ट्रिय अर्धसैनिक दस्तामा कार्यरत रहँदा भ्रष्टाचार आरोप लागेका केही सुरक्षाकर्मी तथा अन्य केही अधिकारीमाथि भ्रमणमा प्रतिबन्ध लगाएको घोषणा गरेको उहाँको कार्यालयले मङ्गलबार जानकारी गराएको छ ।

इराकी रक्षामन्त्री खालिद अल अवैदीले सोमबार संसदमा बोल्नुहुँदै सलिम अल जुबुरीलगायतका सांसदले भ्रष्टाचार गरेका तर उनीहरुले उल्टै आफूमाथि ब्ल्याकमेल गर्न खोजेको बताउनुभएपछि प्रधानमन्त्रीका यस्तो निर्देशन आएको होे ।

यसै प्रसङ्गमा प्रधानमन्त्री अवादीले विभिन्न विषयमा भ्रष्टाचार आरोप लागेका अधिकारीमाथिको दोषारोपणमाथि अनुसन्धान भई निर्णय आउनुपूर्व उनीहरुमाथि अस्थायी रुपमा भ्रमणमाथि प्रतिबन्ध लगाउन सम्बन्धित निकायलाई आदेश दिइसक्नुभएको छ ।

यो प्रतिबन्ध रक्षामन्त्री अल अवैदीमाथि पनि बन्धनकारी हुनेछ वा छैन भन्नेबारे प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रष्ट छैन भनी अलिया नासायिफले बताउनुभयो ।

अवैदीद्वारा आरोपित सांसदहरुमा नसायिफ मोहमद अल–कुर्वाउली, हनान अल–फतलावी लगायत छन् ।

प्रधानमन्त्रीले सोमबारै इराकी भ्रष्टाचार विरोधी अनुसन्धान अयोगलाई आरोपितहरुमाथि छानबिन गर्न आग्रह गरिसक्नुभएको छ । रासस/एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org