ताजा समाचार

विषाक्त ग्यासबाट सात व्यक्तिको मृत्यु

 

दमासकस , २१ साउन । उत्तरी सिरियाली सहर अलेप्पोका विद्रोहीले विषाक्त ग्यास प्रयोगगरी सात व्यक्ति हत्या गर्नुका साथै अन्य २० भन्दा बढी घाइते बनाएको रसियाली रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा विषालु ग्यासका पोका विस्फोट गराई अलेप्पो सहरको पूर्वी इलाकामा रहेको आवासिय क्षेत्रलाई लक्ष्यगरी विद्रोही हराकत नोउर अल दिन अल जेन्की समूहले आक्रमण गरेको जनाइएको छ । उक्त शहर विपक्षी दलले आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै आएको थियो ।

सिरियामा नुस्रा फ्रन्ट, इस्लामिक स्टेट्स ९आइएस० र अन्य आतङ्कवादी समूहले युद्धबिरामको बारम्बार उल्लङ्घन गर्दै आएका छन् ।

विगत २४ घन्टाभित्र सिरियाको राजधानी दमासकसलगायत दक्षिणपश्चिम सिरिया र हामा प्रान्तमा यस विषालु ग्यासको प्रयोग गरी व्यापाक आक्रमण भइरहेको छ ।

यस अवधिमा कुनैपनि सिरियाली तथा रसियाली हवाई सेनाले आक्रमण गरेका छैनन् ।

अलेप्पो सहरले सरकारी सेना र स्वतन्त्रता प्रेमी विद्रोहीका बीच बहुपक्षीय चर्को आन्तरिक युद्ध बेहोर्दै आएको छ ।

सिरियामा सन् २०११ मा त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । आन्दोलन गृहयुद्धमा परिणत भएपछि त्यहाँ विभिन्न आतङ्ककारी समूह अल कायद, आइएसको प्रभाव बढ्दै गयो ।

जारी यस युद्धमा परी सिरियामा सन् २०११ देखि हालसम्म २ लाख ८० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । त्यसैगरी यस युद्धमा परी लाखौं व्यक्ति घाइते भएका छन् । लाखौ आफ्नो देश छोडी विदेशमा शरणार्थी जीवन विताइरहेका छन् । रासस/सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org