ताजा समाचार

कराँचीमा हिन्दू चिकित्सकको हत्या

download

पाकिस्तान, २२ साउन । पाकिस्तानको बन्दरगाह सहर कराँचीमा एक हिन्दू समुदायका चिकित्सकको उनकै क्लिनिक बाहिर बिहीबार राति गोली हानी हत्या गरिएको छ ।

सरकार तथा अधिकारकर्मीले हत्यालाई धर्मद्वारा प्रेरित हत्याका रुपमा लिइएको बताएका छन् । पाकिस्तानमा यसअघि पनि अतिवादी मुसलमान समूहद्वारा अल्पसङ्ख्यक हिन्दू तथा अन्य धर्मावलम्बीमाथि शृङ्खलाबद्ध रुपमा हत्या गरिएका बताइँदै आएको छ ।

डा प्रितम लखवानी, ५६, लाई आफ्नो क्लिनिकमा काम गरी गार्डेन इन्टस्थित निवासमा हिँडिरहेका बेला छातीमा गोली हानिएको थियो ।

गोली लागि घाइते भएका चिकित्सक लखवानीलाई तत्कालै अब्वासी सहिद अस्पताल पु¥याइएको थियो । उहाँको उपचार त्यहाँ सम्भव नभएपछि अगाखान युनिभर्सिटी अस्पताल पु¥याइएकामा उपचारका क्रममा उहाँको मृत्यु भएको थियो । रासस/पिटिआई

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org