ताजा समाचार

थाइल्याण्डमा नयाँ संविधान अनुमोदित

160807081441_cn_thailand_referendum_yingluck__624x351_reuters

 

बैङ्कक, २४ साउन । थाइल्याण्डमा हिजो भएको जनमत सङ्ग्रहमा जनाताद्वारा नयाँ संविधानलाई अनुमोदन गरेका छन् । हिजो भएको जनमत सङ्ग्रहमा ६० प्रतिशत भन्दा बढी मतदाताले नयाँ सविधान लागू गर्ने पक्षमा मतदान गरेका निर्वाचन आयोगद्वारा प्रकाशित नतिजामा उल्लेख गरिएको छ ।

थाइल्याण्डका मतदाताहरुले दिएको स्पष्ट बहुमतबाट सेनाद्वारा निर्मित नयाँ संविधानलाई अनुमोदन गरेको हो । थाइल्याण्डमा वर्षौदेखि जारी राजनीतिक अस्थिरता र हिंसाको कारण सयाँै व्यक्तिको ज्यान गएपछि सन् २०१४ सेनाले सत्ता हत्याएका थिए । त्यसपछि तत्कालै सेनाद्वारा सञ्चालित सत्ताले तत्कालीन संविधानलाई हटाएका थिए ।

हिजो भएको जनमत सङ्ग्रहपछि नयाँ संविधान लागू गर्ने पक्षका रहेका व्यक्तिहरुले अव देशमा स्थिरता कायम हुने मत प्रकट गरेका छन् । तर विपक्षीमा मतदान गर्ने व्यक्तिहरुले भने यसले सेनालाई बढी बलियो बनाउने मात्र भएको मत प्रकट गरेका छन् ।

थाइल्याण्डमा नयाँ संविधानको मस्यौदा –२०१६ लागू गर्ने र दुईवटा अतिरिक्त प्रश्नका सम्बन्धमा हिजो राष्ट्रव्यापी जनमत सङ्ग्रह भएको थियो ।

जनमत सङ्ग्रहका लागि प्रयोग गरिने मतपत्रमा “के तपाईलाई नयाँ संविधान ९२०१६ स्वीकार्य छ रु” र “पूर्वनिर्धारित रणनीति अनुसार मुलुकमा निरन्तर सुधार गर्न यस संविधान लागू भएपछि गठन हुने पहिलो राष्ट्रिय सभाले पाँच वर्षे अवधिका लागि निर्वाचित हुने देशको प्रधानमन्त्री पदका लागि गरिने मतदान प्रक्रियामा प्रतिनिधि सभामा सिनेटलाई पनि संलग्न गरी मताधिकार दिने र रु भन्ने दुईवटा मूलभूत अतिरिक्त प्रश्नः राखिएको थियो ।

वर्तमान प्रधानमन्त्री तथा शान्ति र सुु–व्यवस्था राष्ट्रिय परिषद् प्रमुख प्रायुत्त चान् ओ चाले मतदान गर्ने क्रममा उहाँले सम्पूर्ण बालिग थाई जनतालाई मतदानमा सरिक भई थाइल्याण्डको अलग्गै पहिचान बनाउन र देशको भविष्य निर्माणमा सहभागी हुन आह्वान गर्नुभएको थियो ।

यसपूर्व उहाँले मतपत्रको दुईवटै प्रश्नको उत्तरमा “छ” र “हो” मा चिन्ह लगाई सकारात्मक मत प्रकट गर्ने बताउनुभएको थियो । त्यसैगरी, पूर्व प्रधानमन्त्रीहरु यिङ्गलक सिनावात्रा तथा अभिजित भेजा जिवाले पनि मतदानमा भाग लिनुभएको थियो ।

त्यस्तै, वर्तमान मन्त्रीमण्डलका सबै सदस्य, थाइल्याण्डका दुई ठूला दलका सबै प्रमुख नेता, सन् २०१३ देखि २०१४ सम्म ठूला विरोध प्रदर्शनका नेतृत्व लिई तत्कालीन यिङ्गलक सरकारलाई अप्ठ्यारोमा पार्ने विपक्षी नेता सुथेप थाग्सुबानलगायत सबैजसो राजनीतिक व्यक्तित्वहरुले पनि मतदान गर्नुभएको थियो ।

नयाँ संविधानको मस्यौदाको विपक्षमा अभियान चलाउन प्रतिबन्ध लगाइएको थियो । यस नयाँ मस्यौदाको विपक्षीमा अभियान चलाउने कैयाँैलाई गिरपफ्तार गरिएको थियो

थाइल्याण्डका ठूला राजनीतिक दलले नयाँ सविधानलाई अस्वीकार गरेका छन् । मतदानको क्रममा शान्ति सुरक्षा कायम गर्नको लागि दुई लाख भन्दा बढी सुरक्षाकर्मीलाई तैनाथ गरिएको थियो । रासस ÷एए्फपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org