ताजा समाचार

मेक्सिकोमा पहिरोमा परी चालिसको मृत्यु

प्युवला (मेक्सिको), २५ साउन । उष्ण कटिवंघीय तुफान अर्लका कारण मेक्सिकोमा गएको पहिरोमा परी यसहप्ता कम्तिमा ४० जनाको मृत्यु भएको छ ।

मौसमविज्ञहरुले अमेरिकी प्रशान्त महासागर तटमा पनि अझै आँधी आउने खतरा रहेको बताएका छन् ।

मेक्सिको प्युबला मध्यक्षेत्रमा भएको एक पहिरोमा १५ बालबालिकासहित २९ व्यक्तिको मृत्यु भएको हो ।

त्यसैगरी बेराक्रुजमा गएको यस्तै एक पहिरोमा परी ११ जना अरू नागरिकको मृत्यु भएको बेराक्रुजका गभर्नरले बताएका छन् ।

बुधबार क्यारेबियन सागरबाट निस्केको अर्ल नामक तुफान मेक्सिकोको राजधानीबाट दक्षिण क्षेत्रमा सामान्य जनजीवन अस्तव्यस्त हुनेगरी प्रभावित पारेको थियो । –एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org