ताजा समाचार

जसले १६ वर्षपछि आमरण अनशन तोडिन

sharmila

काठमाडौं,२५ साउन । भारत मणिपुरकी चानू इरोम शर्मिलाले १६ वर्षको आमरण अनशन मंगलबार तोडेकी छन् । सैन्यबल कानुन अन्त्यको माग गर्दै उनले सन् २००० देखि आमरण अनशन सुरु गरेकी थिइन् ।

४४ वर्षीया शर्मिलाले ‘लौह महिला’को उपमा पाएकी छन् । स्थानीय अदालतमा पुगेर आमरण अनशन तोडेकी हुन् ।
आमरण अनशनका कारण उनको स्वास्थ्य नाजुक भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको जीबन रक्षाका लागि नाकबाट पाइप घुसाएर जबर्जस्ती झोलिलो खानेकुरा दिइएको थियो ।एजेन्सी 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org