विद्यालयमा गरिएको हवाई आक्रमणमा दश बालबालिको मृत्यु
यमन, ३१ साउन । अरब नेतृत्वको गठबन्धनद्वारा यमनी विद्रोहीको पकड रहेको राज्यको उत्तरी क्षेत्रमा शनिबार गरेको हवाई आक्रमणमा परी कम्तिमा १० बालबालिकाको मृत्यु भएको डक्टर विदआउट बोर्डर्स ९एमएसएफ० ले आइतबार जनाइएको छ ।
एमएसएफका प्रवक्ता मलाक सहेरले हैदानस्थित कोरानिक नामको विद्यालयमा अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा १५ वर्ष मुनिका १० बालबालिकाको मृत्यु भएको र २८ जना घाइते भएको पुष्टि गर्नुभएको छ ।
घटनापछि इरान पक्षधर हुठी विद्रोहीले हवाई आक्रमणबाट मृत्यु भएका बालबालिकाको रगताम्मे अवस्थाको भिडियो फेसबुक लगायतका सार्वजनिक सञ्जालमा सेयर गरेका थिए ।
घटनाको संयुक्त राष्ट्रसङ्घको बालबालिकाको अधिकारका लागि कार्यरत संस्था युनिसेफले पुष्टि गरेको छ ।
युनिसेफले पछिल्ला केही हप्तायता यमनी भुमिमा कैयौँ बालबालिकाको हवाई आक्रमणमा परी मृत्यु भएको बताएको छ ।
युनिसेफले यमनमा युद्धरत सबैपक्षसँग युद्धका समय अन्तर्राष्ट्रिय कानुनद्वारा निर्दिष्ट नियमको पालना गरी बालबालिका, सामान्य नागरिक तथा उनीहरुका भौतिक संरचनामाथि हमला नगर्न आग्रहसमेत गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको अध्ययनले यमनमा सन् २०१५ भर भएका आक्रमणमा ७८५ बालबालिकाको ज्यान गएको र यसमध्ये ६० प्रतिशत अरब नेतृत्वको गठबन्धनले गराएको भन्दै उक्त गठबन्धनलाई राष्ट्रसङ्घले कालो सूचीमा राखेपछि साउदी अरबले आवेग प्रकट गर्दै आएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले साउदी अरबलाई अन्तर्राष्ट्रिय युद्धसम्बन्धी कानुनको पालना नगरेको आरोप लगाउँदै राष्ट्रसङ्घको सहायता कार्यक्रममा कटौती गर्ने चेतावनी दिनुभएको छ ।
गठबन्धनको निशाना विद्यालय थिएन
साउदी नेतृत्वको सुरक्षा गठबन्धनले आइतबार एमएसएफले बताएका १० बालबालिकाको मृत्यु आफ्नो विद्रोहीविरुद्ध गरिएको हवाई आक्रमणमा भएको बताउँदै गठबन्धनको निशाना विद्यालय नगरेको दाबी गरेको छ ।
साउदी नेतृत्वको गठबन्धनले विद्यालयमा आफ्नो निशाना नभएको तर आफ्नो विमानद्वारा हुदा नामक विद्रोहीको सादास्थित तालिम केन्द्रमा विस्फोट गराइएको प्रष्ट्याएको छ ।
तर विद्रोहीले बालबालिकालाई भर्ती गरी उक्त शिविरमा तालिम दिँदै गरेकाले बालबालिकाको मृत्यु भएको दाबी गरेको छ । रासस/एएफपी
Comments
अरु समाचार
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका...
-
सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र...
-
आज राष्ट्रिय सूचना दिवस: सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा जोड
काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास...
-
एप्पलका ९० देशका प्रयोगकर्तालाई साइबर आक्रमणको खतरा
काठमाडौं । प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई फरक तरिकाले साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गराएको छ ।...
-
फेसबुक र इन्स्टाग्राममा समस्या देखियो
काठमाडौं । मेटा कम्पनीको फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । केही दिन अघि मात्रै लगईन नै नहुने समस्या आएको...
-
फेसबुक चल्न थाल्यो, समस्या हट्यो
काठमाडौं । विश्वभर एक्कासि समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । अवरुद्ध भएको करिब एक घण्टापछि फेसबुक चलेको...
-
वैज्ञानिक सम्मेलनमा प्रधानमन्त्रीको जोड– सुशासनलाई सार्थकता दिन ‘पेपरलेस’ प्रणाली आवश्यक
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने...
-
सामाजिक सञ्जालको पहुँचसँगै उत्तरदायित्वसहितको पत्रकारिता गर्न सञ्चारविज्ञको सुझाव
काठमाडौँ । युट्युबसहित सामाजिक सञ्जालले पहुँचसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा सञ्चारका विज्ञहरूले राख्नुभएको छ । प्रेस काउन्सिल...