ताजा समाचार

विद्यालय आक्रमणको संयुक्त राष्ट्र सङ्घीय प्रमुखद्वारा निन्दा

download

 

संयुक्त राष्ट्रसंघ, ३१ साउन । उत्तरी यमनको एक विद्यालयमा गत शनिबार भएको भीषण आक्रमणको संयुक्त राष्ट्र संघका प्रमुख बान कि मुनले निन्दा गर्नु भएको छ ।

शनिबार भएको यस भीषण हवाई आक्रमणको घोर निन्दा गरिएको बानका प्रवक्ताद्धारा जारी विज्ञप्तिमा बताइएको छ ।

यमनमा विद्रोहीको बलियो प्रभाव रहेको प्रान्तमा अवस्थित एक विद्यालयमा भएको साउदी अरेबियाआवद्ध यस हवाई आक्रमणमा परी कम्तीमा १० बाललबालिका मारिएका र अन्य कैयौँ घाइते भएका थिए ।

सादा प्रान्तको हैदान इलाकामा अवस्थित कुरान सम्बन्धि अध्यापन गराइने विद्यालयमा भएको यस हवाई आक्रमणमा परी कम्तीमा १० बालबालिकाको मृत्यु हुनुको साथै अन्य २८ घाइते भएका थिए ।

यस आक्रमणका परेका बालबालिकाहरुमा ८ देखि १५ वर्षसम्मका रहेका डाक्टरस् विदाउट बोर्डर्स् ‘एमएसएफ’का प्रवक्ता मलाक साहेरले बताएका छन् ।

संयुक्त राष्ट्र सङ्घीय बालबालिका निकाय युनिसेफले यस आक्रमणको पुष्टि गर्दै आगामी दिनमा यस्ता आक्रमणहरु हुन नदिन चेताावनीसमेत दिएको छ ।

यमनमा युद्धरत पार्टीहरुलाई युनिसेफले अन्तर्राष्ट्रिय कानुनभित्र रहि यसका दायित्वलाई सम्मान गर्नसमेत आग्रह गरेको छ ।

यमनमा युद्धरत हुथी विद्रोहीहरुको समर्थन रहेको साबा समाचार समितिले पनि यस समाचारको पुष्टि गरेको छ ।

साउदी अरेबियाको समर्थन रहेको युद्धक विमानले शनिबार यमनको उत्तरी प्रान्तहरुमा हुथी विद्रोही विरुद्ध १ सय भन्दा बढी हवाई आक्रमण गरेको साबाले समाचार समितिले बताएको छ ।

गत वर्षको मार्च महिनाबाट यमनमा जारी साउदी अरेबियाआवद्ध हवाई आक्रमणमा परी छ हजार चार सय व्यक्तिको मृत्यु भई सकेको र यसमा ठूलो सङ्ख्यामा बालिबालिका रहेका संयुक्त राष्ट्रले बताएको छ ।

यद्यपि साउदी नेतृत्व रहेको संयुक्त गठबन्धन सेनाले आइतबार आफू गरेको हवाई आक्रमण बालिबालिकालाई निशाना बनाउने लक्ष्य नरहेको दाबी गरेका छन् ।

विद्यालय आफ्नो निशाना नभएको र सादास्थित हुथी विद्रोहीद्धारा सञ्चालित तालिम केन्द्र आफ्नो निशाना भएको प्रष्ट्याएको छ । रासस/सिन्ह्वा/एएफपी  

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org