ताजा समाचार

असफल ‘कु’ मा संलग्नलाई मृत्युदण्ड नदिइने

Binali-Yildirim-Turkeyअङ्कारा (टर्की), १ भदौँ । टर्कीका प्रधानमन्त्री बिनाली इल्दिरिमले जुलाई १५ मा टर्कीमा भएको असफल राज्य विद्रोह कु मा संलग्न व्यक्तिलाई न्यायिक सुनुवाई गरी कडा सजाय दिइने बताउनुभएको छ ।

उहाँले संचारमाध्यममा चर्चा गरिएअनुसार उनीहरुमाथि मृत्युदण्डको सजाय नहुने मङ्गलबार प्रधानमन्त्रीले प्रष्ट पार्नुभएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले जुलाई १५ मा भएको असफल विद्रोहपछि टर्कीले पुनः मृत्युदण्डको प्रावधानलाई ब्युताउन सक्ने बताउनुभएको थियो । टर्कीमा सन् २००४ देखि मृत्युदण्डको प्रावधानलाई हटाइएको छ ।

राष्ट्रपतिको यो घोषणाले युरोपियन युनियन (ईयू)लाई स्तब्ध पारेको ईयूले प्रतिक्रिया दिँदै आएको थियो । ईयूले टर्कीलाई यदि मृत्युदण्डको सजायलाई पुनः अभ्यासमा ल्याए ईयू सदस्यता प्रदान गर्न नसकिने चेतावनी दिएको थियो ।

ईयू सदस्यता प्राप्त गर्नका लागि लामो प्रयास गरेपछि ईयूले टर्कीलाई आवश्यक प्रक्रिया पूरा गरी छिट्टै सदस्यता प्रदान गर्न सकिने सम्भावना रहेका बताइँदै आएको छ ।

कुनै पनि घटनाको दोषीलाई एकैपटक मार्ने ९मृत्युदण्ड० दिने कुराभन्दा नागरिकले गरेको कर्तुत हेरी अन्य कडा कानुनी कारबाही पनि गर्न सकिन्छ ।

मृत्युदण्डभन्दा कठोर तर हेर्दा सामान्य लाग्ने सजाय पनि विश्वमा अभ्यासमा रहेका छन् ।

कसैलाई आजीवन काराबासको सजाय तोक्नु मृत्युदण्डभन्दा कम कठोर हुँदैन, प्रधानमन्त्री इल्दिरिम सजायको स्वरुपबारे प्रतिक्रया दिनुभयो ।

राष्ट्रपति एर्डोगानले यदि नागरिकले मृत्युदण्डको प्रावधानलाई फिर्ता ल्याउने कुरालाई अनुमोदन गर्छन् भने सरकार यसका लागि तयार हुने भनी एक महिना पहिले प्रतिक्रिया दिनुभएको थियो । – एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org