ताजा समाचार

प्रहरी प्रधान कार्यालयमा गरिएको आक्रमणमा तीनको मृत्यु

अङ्कारा, २ भदौ । पूर्वी टर्कीमा पर्ने भ्यान प्रान्तमा अवस्थित प्रहरी प्रधान कार्यालयमा बुधबार राति अबेर भएको कारबम आक्रमण र गोली प्रहारमा तीन सर्वसाधारणको मृत्य हुनुको साथै अन्य ४० घाइते भएका टर्कीको डोगन समाचार समितिले जानकारी दिएको छ ।
सो आक्रमणमा परी दुई प्रहरी अधिकारीसहित ४० व्यक्ति घाइते भएका छन् । कुर्दिस वर्कर पार्टी ९पिकेके० आतङ्ककारीले यो आक्रमण गराएको बताइएको छ ।
भ्यान प्रान्तको चहलपहल भै रहने केन्द्र भागमा अवस्थित प्रहरी प्रधान कार्यालयमा स्थानीय समयानुसार बुधबार राति ११ बजे तिर सो घटना भएको थियो ।
भ्यान महानगरका स्थानीय बासिन्दाले सहरभरी गोली प्रहार र बम आक्रमणको आवाज सुनिएको बताएका छन् । रातभरी एम्बुलेन्सका साइरन बज्नुका साथै प्रधान कार्यालयको सुरक्षार्थ उल्लेख्य परिमाणमा प्रहरी बल परिचालन गरिएको थियो ।
आतङ्ककारी आक्रमणबाट वरपरका कैयौँ भवनका झ्याल ढोका क्षतिग्रस्त भएका छन् । आक्रमण गर्न प्रयोग गरिएका कारहरु पनि क्षतबिक्षत अवस्थामा घटनास्थलदेखि सयौं मिटर टाढासम्म यत्रतत्र छरिएका थिए ।
गत जुलाइ महिनादेखि पिकेकेको शृङ्खलाबद्ध हिंसात्मक गतिविधि बढ्दै गएका कारण दोहोरो गोली हानाहानमा अहिलेसम्ममा टर्की तथा उत्तरी इराकमा ५०० भन्दा बढी सरकारी सुरक्षाकर्मीहरु र एक हजार भन्दा बढी पिकेके आतङ्ककारीले ज्यान गुमाइ सकेका छन् ।
त्यसैगरी, पिकेके आतङ्ककारीले सन् १९८४ देखि सरकार विरोधी आक्रमण सुरु गरेको त्यस समययता यस समूहसँगको द्वन्द्वमा परी चालीस हजार भन्दा बढी मानिसको मृत्यु भै सकेको छ ।
पिकेके समूहलाई टर्की, संयुत्त राज्य अमेरिका तथा युरोपेली संघले आतङ्कवादी संगठनको सूचीमा राखेका छन् । रासस /सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org