ताजा समाचार

रसियाद्वारा ९० हजार टन खाद्य तथा अन्य सामग्री सहयोग

download

मस्को, ३ भदौ । रसियाले सन् २०१५ यता विश्वका विभिन्न १८ वटा देशमा ९० हजार टन खाद्यान्न एवम् अन्य आवश्यक सामग्री मानवीय सहयोग गरेको जनाएको छ ।

सो मानवीय सहयोग रसियाले १८ वटा देशलाई गरेको स्पुटनीक समाचार समितिले शुक्रबार जानकारी दिएको छ ।

रसियाले सो मानवीय सहयोग अफ्रीका, मध्यपूर्वी देशहरु र एसिया र दक्षिणी अफ्रिकी देशहरुमा गरेको छ । उक्त देशहरुमा सशस्त्र द्वन्द्व, भूकम्प र बाढी प्रकोपले सताएका समूदायलाई मानवीय सहयोग गरिएको बताइएको छ । 

सन् २०१४ को अगस्तबाट र युक्रेनको दक्षिणपूर्वी क्षेत्र डोनबासका कार्गोमार्फत ६३ टनभन्दा बढी मानवीय सहयोग गरेको थियो । रसियाले ल्याभ, चिकित्सक, शिक्षा प्रविधिका सरसामानलगायत सहयोग गरेको छ ।

विश्वमा मानवीय सहयोग उपलब्ध गराउने राष्ट्रमध्ये रसियाको पनि अग्रस्थानमा नाम आउने गरेको छ । रासस/सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org