ताजा समाचार

दक्षिणी आन्ध्र महासागरमा ७.४ रिक्टर स्केलको भूकम्प

tumblr_lr7nlt3X5t1qc0rbho1_1280वासिङटन, ४ भदौ । दक्षिणी आन्ध्र महासागरमा शुक्रबार बिहान सवेरै ७.४ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।

यस भूकम्पपछि तत्काल सुनामीको चेतावनी भने दिइएको छैन । सो भूकम्प स्थानीय समयाअनुसार शुक्रबार बिहान ५ः३२ मा गएको थियो । यस भूकम्पको विस्तृत विवरण र क्षतिको खबर हालसम्म प्राप्त भएको छैन ।

भूकम्पको केन्द्रविन्दु समूद्रसतहदेखि १० किलोमिटर गहिराईमा रहेको जनाइएको छ । –एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org